२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी

मेयर शाक्य र उपमेयर खड्गी श्रेष्ठ सम्मानित

मेयर शाक्य र उपमेयर खड्गी श्रेष्ठ सम्मानित
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई आज सम्मान गरिएको छ । सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्थानीय पाठ््यक्रमका रुपमा नेपाल भाषाको पठनपाठन सुरु गरेर नेपाल भाषा, लिपी र संस्कृतिको जगेर्नामा योगदान पु¥याएकोले उहाँहरुलाई सम्मान गरिएको हो । उहाँहरुको सम्मानमा नेवाः स्यनामि दबू, नेपाल मण्डलले कार्यक्रम आयोजना गरेको थियो । 

नेपाल भाषा पठनपाठन सुरु गर्ने निर्णय ऐतिहासिक हो । यसले स्थानीय चालचलन, रीतिरिवाज, धर्म संस्कृति, जात्रा पर्व र ठाउँको यथार्थ जान्ने वातावरण बनेको छ । सही सूचना दिने ठाउँ नभएर यस अघि नेपाल भाषा अपभ्रंस हुँदै मौलिक बस्तु र ठाउँको पहिचान नै परिवर्तन हुने अवस्थामा पुगिसकेको थियो । सम्मान कार्यक्रमका आयोजकले,  महानगरले पठनपाठन गराउन थालेको स्थानीय पाठ्य पुस्तक ‘येँ दे म्हसीके’, भाषा प्रशिक्षणका लागि सहायक प्रशिक्षकको नियुक्ति, संस्थागत विद्यालय पनि स्थानीय पाठ्यक्रम लागु गर्नका लागि मेयर उपमेयरको नेतृत्वमा भएको नीतिगत निर्णयले स्थानीयको भाषिक अधिकारलाई सुनिश्चित गराएको भन्दै प्रशंशा गरेका थिए ।

सम्मानपछि बोल्दै मेयर विद्यासुन्दर शाक्यले स्थानीय भाषा, कला, संस्कार, संस्कृति, सम्पदा, साहित्य र सिर्जना जोगाउन सरकारकोतर्फबाट जिम्मेवारी पूरा गरेको बताउनुभयो । यसबाट काठमाडौँका मौलिक ठाउँ, खाना र चलनको यथार्थ ज्ञान थाहा हुनेछ । मेयर शाक्यले थप्दै भन्नुभयो, ‘नेपाल भाषाको अध्ययनका लागि आधारभूत तहमा पाठ््यक्रम कार्यान्वयनमा आइसकेको छ । यसलाई माध्यमिक तहसम्म पु¥याउँछौँ । यस्तै विश्वविद्यालयको स्नातकोत्तर तहमा अध्यापन गराउन त्रिभुवन विश्वविद्यालयलाई सहयोग गरेका छौँ ।’

हामी निर्वाचित भएपछि स्थानीय भाषा, लिपी, सम्पदा र संस्कृति जोगाउन गरिएका प्रयासमध्ये स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याउनु एउटा महत्वपूर्ण काम हो । कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो, ‘हामीले धेरै काम गरेका छौँ । काठमाडौँ संघीय राजधानी भएकोले साना र नियमित काम देखिँदैनन् । हामी सरकार भएको अनुभूति गराउने प्रयास गरिरहेका छौँ ।’

कार्यक्रममा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले संस्थागत विद्यालयहरुमा नेपाल भाषा पढाउन सहायक प्रशिक्षकहरु तयार भइरहेको बताउनुभयो । त्यस्तै जनकवि दुर्गालाल श्रेष्ठले, नेपाल भाषा विग्रिनबाट बचाउन महानगरले गरेको प्रयास चर्चा योग्य भएको बताउनुभयो । नेवाः स्यनामिका उपाध्यक्ष कृष्णभक्त मानन्धर, सचिव बरुणप्रसाद वैद्य, महानगरको सहरी योजना आयोगकी सदस्य गुजेश्वरी श्रेष्ठलगायत वक्ताले विद्यालयहरुमा नेपाला भाषा पठ्न विद्यार्थीहरुमा उत्साह देखिएको बताउनुभयो ।  

त्यस क्रममा नेपाल भाषाको पाठ््यक्रम लागु गर्ने निर्णय कार्यान्वयनमा उल्लेखनीय भूमिका खेल्नु भएका शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी, शिक्षा अधिकृत मोती खनाल, सहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ, सहायक विज्ञ सुरेशकिरण मानन्धरलाई सम्मान प्रदान गरिएको थियो ।