२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी

माओवादी केन्द्रको निर्वाचन कार्यतालिका सार्वजनिक

माओवादी केन्द्रको निर्वाचन कार्यतालिका सार्वजनिक
अ अ+ अ-

काठमाडौं । आईतबार (भोली) मतदान हुनेगरी नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । 

सर्वसम्मतिमै नेतृत्व चयन गर्ने प्रयास गरिरहेको माओवादी केन्द्रले केही नेताहरुको चाहनालाई पनि कुण्ठित गर्न नमिल्ने भन्दै शनिबार अपरान्ह निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । 

केन्द्रिय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकामा शनिबार राति ८ बजदेखि साँढे १० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । मतदान भने आईतबार बिहान साँढे ११ बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ । माओवादी केन्द्रले निर्वाचनबाट २९९ जना केन्द्रिय सदस्य निर्वाचित गर्नेछ भने निर्वाचित केन्द्रिय कमिटीले अध्यक्षसहित १५ जना पदाधिकारी चयन गर्नेछ । 

निर्वाचनमा १ हजार ७४२ जना प्रतिनिधिहरुले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ । यसैबीच, महाधिवेशनमा सहभागी भएका प्रतिनिधिहरुले केही नेताहरुको उम्मेदवारी दिने चाहनालाई कुण्ठित हुन नदिन निर्वाचनमा जाने निर्णय गरिएको बताउनु भएको छ । महाधिवेशनका प्रतिनिधि सरल सहयात्री पौडेलले निर्वाचित भएर आउने चाहनालाई पनि सम्बोधन गर्न निर्वाचनमा जाने निर्णय गरिएको बताउनु भयो । त्यसैगरी अर्का प्रतिनिधि दलबहादुर जिसीले सर्वसम्मतिमा नेतृत्व चयन हुने अवस्था नरहेपछि निर्वाचनबाट नेतृत्व चयन गर्ने लोकतान्त्रिक प्रक्रिया अवलम्वन गर्नु परेको बताउनु भयो ।

माओवादी केन्द्रको अध्यक्षमा भने पुष्पकमल दाहाल सर्वसम्मत चयन हुने नेताहरुले बताएका छन ।