• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

माओवादी केन्द्रको निर्वाचन कार्यतालिका सार्वजनिक



काठमाडौं । आईतबार (भोली) मतदान हुनेगरी नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । 

सर्वसम्मतिमै नेतृत्व चयन गर्ने प्रयास गरिरहेको माओवादी केन्द्रले केही नेताहरुको चाहनालाई पनि कुण्ठित गर्न नमिल्ने भन्दै शनिबार अपरान्ह निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । 

केन्द्रिय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकामा शनिबार राति ८ बजदेखि साँढे १० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । मतदान भने आईतबार बिहान साँढे ११ बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ । माओवादी केन्द्रले निर्वाचनबाट २९९ जना केन्द्रिय सदस्य निर्वाचित गर्नेछ भने निर्वाचित केन्द्रिय कमिटीले अध्यक्षसहित १५ जना पदाधिकारी चयन गर्नेछ । 

निर्वाचनमा १ हजार ७४२ जना प्रतिनिधिहरुले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ । यसैबीच, महाधिवेशनमा सहभागी भएका प्रतिनिधिहरुले केही नेताहरुको उम्मेदवारी दिने चाहनालाई कुण्ठित हुन नदिन निर्वाचनमा जाने निर्णय गरिएको बताउनु भएको छ । महाधिवेशनका प्रतिनिधि सरल सहयात्री पौडेलले निर्वाचित भएर आउने चाहनालाई पनि सम्बोधन गर्न निर्वाचनमा जाने निर्णय गरिएको बताउनु भयो । त्यसैगरी अर्का प्रतिनिधि दलबहादुर जिसीले सर्वसम्मतिमा नेतृत्व चयन हुने अवस्था नरहेपछि निर्वाचनबाट नेतृत्व चयन गर्ने लोकतान्त्रिक प्रक्रिया अवलम्वन गर्नु परेको बताउनु भयो ।

माओवादी केन्द्रको अध्यक्षमा भने पुष्पकमल दाहाल सर्वसम्मत चयन हुने नेताहरुले बताएका छन ।