२१ भाद्र २०८३, आईतवार
,
Latest
छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका पूर्वसांसद एकीकृत समाजवादीमा प्रवेश



अ+ अ-

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रभावशाली नेता नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले) पाल्पाका पूर्वजिल्ला अध्यक्ष एवं पूर्वसांसद यादवबहादुर रायमाझीसहित जिल्लाका ६७ जना प्रभावशाली नेताहरू समाजवादीमा प्रवेश गर्नुभएको हो ।

रायमाझी एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुनुहुन्थ्यो । रायमाझीसँगै एमाले जिल्ला कमिटी सदस्य धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, झलक रायमाझी, महेश बराल एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले बताउनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विधि, विधानअनुसार सञ्चालन नगरी कम्युनिष्ट आचारणविपरीत सञ्चालन गरेकाले एमाले पार्टी परित्याग गरी एकीकृत समाजवादी पार्टी रोजेको रायमाझीले बताउनुभयो । 

विगतदेखि नै पार्टीमा चरम विकृति र विसङ्गति बढेको र त्यसलाई सच्याउन प्रयास गरे पनि असफल भएको रायमाझीले बताउनुभयो । एकीकृत समाजवादीले दिने जिम्मेवारी इमान्दारीपूर्वक निभाउने उहाँले बताउनुभयो ।