२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जलपक्षी गणना सुरु

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जलपक्षी गणना सुरु
अ अ+ अ-

बर्दिया । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा शनिबारदेखि जलपक्षी गणना सुरुआत गरिएको छ । निकुञ्जभित्रका र बाह्य क्षेत्रका तालतलैया तथा नदीमा जलपक्षी गणना सुरु गरिएको हो । गणना अगामी माघ २ गतेसम्म जारी रहने छ । यसका लागि निकुञ्ज कार्यालयका कर्मचारी, नेपाल पक्षी संरक्षण सङ्घका विज्ञहरु, हिमाली प्रकृति, एनटिएनसी, नेचर गाइड एशोसिएशनका प्रतिनिधिलगायतको सहभागिता छ । गणनामा संलग्नले वाइनाकुलर, टेलिस्कोप, क्यामेरालगायतको प्रयोग गरिएको सङ्घका चराविज्ञ हिरुलाल डगौराले जानकारी दिनुभयो ।

स्थलगतरूपमा पुगेर र कुनै ठाउँमा डुङ्गालगायतमा चढेरसमेत जलपक्षी गणना हुने उहाँले बताउनुभयो । उहाँका अनुसार रानीताल, ताराताल, कालीकिच ताल, बेदकोट, बन्दाताल, पुरैनीताल, प्याराताल, स्याली नदी, चौधर नदी र सीमसार क्षेत्रमा जलपक्षी गणना हुने छ । अरु ताल र नदीमा पैदल हिँडेरै गणना हुने भए पनि निकुञ्जभित्रको सलगौँडी तालमा भने हात्तीमा चढेर गणना हुने छ ।

“तालतलैया तथा सिमसार क्षेत्रका रैथाने र आगन्तुक चराको वितरण र अवस्था पत्ता लगाउन, सङ्ख्याको अद्यावधिक गर्न, संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई सचेतना अभिवृद्धि र संरक्षणमा हातेमालोका लागि हरेक वर्ष जलपक्षीको अनुगमन र गणना हँुदै आएको छ”, उहाँले भन्नुभयो, “यस वर्ष जलपक्षीले बस्ने तालको अवस्थाका बारेमा समेत जानकारी लिन्छौँ । तालबारे जिपीएस लोकेशनसमेत लिन्छौँ ।”“पानीको सतह विगतमा कस्तो थियो रु अहिले कस्तो छ रु यसबारे रेकर्ड राख्छौँ”, उहाँले भन्नुभयो, “जलपक्षीका कुन–कुन प्रजाति विगतका वर्षमा आएका थिए । यस वर्ष कुन–कुन देखिए यसबारेसमेत रेकर्ड राख्छौँ । यससँगै सिमसार क्षेत्रको अवस्था, तालमाथिको मानवीय अतिक्रमण प्राकृतिकरूपमा भएको क्षतिबारेसमेत जानकारी लिइन्छ ।”

गत वर्षको गणनामा निकुञ्ज र बाह्य क्षेत्रका तालतलैयामा जलपक्षी गणनाका क्रममा विश्वकै दुर्लभ सारस, भुडिफोर गरुड, कैले टाउके हाँसलगायत ४८ प्रजाति देखापरेका थिए । तालतलैयामा जलपक्षीको सङ्ख्या यकिन गर्ने कार्यसँगै सिमसारको अवस्थाबारेमा समेत अध्ययन हुने विज्ञ डगौराले बताउनुभयो । 

उहाँका अनुसार सीमसार क्षेत्र, आहारा, सुरक्षा र गुँड लगाउनका लागि पर्याप्त स्थान भएकाले बसाइँ सार्दै पाहुना जलपक्षी यहाँका सीमसार क्षेत्र, तालतलैया, नदीलगायतका क्षेत्रमा पुग्ने गर्दछन् । केही जलपक्षी चिसो छल्नका लागि साइवेरियालगायतका क्षेत्रबाट लामो दूरी तय गरी यहाँको बाटो प्रयोग गरी भारत र श्रीलङ्कातर्फ जाने गरेका छन् । बाटोको प्रयोग गर्ने क्रममा यहाँका तालतलैयामा बस्ने गरेका छन् । यसैगरी शनिबारदेखि कैलालीको तालतलैया र सीमसार क्षेत्रमा समेत जलपक्षी गणना सुरु गरिएको छ ।

घोडाघोडी ताल क्षेत्रबाट जलपक्षी गणना सुरु गरिएको चराविज्ञ डगौराले राससलाई जानकारी दिनुभयो । घोडाघोडीसहित कोहली, लोकाभौका, घोडा, सुनियारुपिया, पुरैनालगायतका ताल र कर्णाली नदीमा जलपक्षी गणना हुनेछ । कर्णाली नदीमा ¥याफ्टिङको प्रयोग गरी जलपक्षी गणना हुने छ । गत वर्षको गणनामा कैलालीका जलाधार क्षेत्रमा ३२ प्रजातिका जलपक्षी देखापरेका थिए । रासस