• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड ★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित ★   गगनको दाबी: प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो ★   केमोथेरापीअघि कपाल त्याग गर्दै हिना खानले भनिन्: म जित्ने आँट गर्दैछु

माओवादी महाधिवेशन: पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रचण्डले प्रस्ताब गर्ने



काठमाडौं ।नेकपा (माओवादी केन्द्र(को आठौं राष्ट्रिय महाधिवेशनको निर्वाचन प्रक्रिया आज दिउसो बाट सुरु हुदैछ । सर्वसम्मतिमै नेतृत्व चयन गर्ने प्रयास गर्ने भन्दै  माओवादी केन्द्रले शनिबार तय भएको निर्बाचन कार्यक्रम स्थगन गरेको थियो ।  निर्बाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले आज दिउसोृ २ बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, ३ः४० मा उम्मेदवारको मनोनयन पत्रको दर्ता सूची प्रकाशन गरिने जानकारी दिनुभयो ।

यसै गरी उम्मेदवारको विरोधमा उजुरी दिने समय ४ बजेका लागि तय गरिएको छ । उम्मेदवारको विरोधमा परेको उजुरीको सूचना दिनका लागि ४ः१० बजेसम्मको समय दिइएको छ । श्रेष्ठका अनुसार उजुरीमाथि छानबिन गरी ४ः४० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । निर्बौचन कार्यक्रम अनुसार उम्मेदवारी फिर्ताका लागि ५ः३० बजेसम्मको समय दिइएको छ । उम्मेदवारको अन्तिम नामावली ५ः४५ बजे प्रकाशन गरिनेछ ।आयोगका अनुसार आइतबार साँझ ६ः२५ बजेदेखि १०ः२५ सम्म निर्वाचनका लागि समय निर्धारण गरिएको छ ।

निर्वाचनमा १ हजार ७४२ जना प्रतिनिधिहरुले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ । माओवादी केन्द्रको अध्यक्षमा भने पुष्पकमल दाहाल सर्वसम्मत चयन हुने  पक्कापक्की जस्तै देखिएको छ भने वरिष्ठ उपाध्याक्षमा नारायणकाजी श्रेष्ठ,उपाध्यक्षहरु कृष्णबहादुर महरा,देव गुरुङ,पम्फा भुषाल,हरिबोल गजुरेल र मातृका यादव, गणेश शाह , परशुराम तमाङ, लगायतका नेताहरुको सम्भाबना रहेको एक नेताले जानकारी दिनुभयो ।

यसै गरी महासचिबमा जनार्दशन शर्मा र बर्षामान पुनको दाबी रेका कारण अध्यक्ष दाहाललाई दुई नेताको व्यवस्थापनका सकस भएको उहाँले जानकारी दिनुभयो । उपाध्यक्षमा व्यवस्थापन गर्न नसकिएका केही नेताहरु मध्ये एकले कोषाध्यक्षको र अन्यले उपमहासचिवको भूमिका पाउने छन् ।  समावेशितालाई पनि ध्यान दिनुपर्ने कारण गणेश साह, परशुराम तमाङलाई पनि पदाधिकारीमा समेट्नु पर्ने दबाब अध्यक्ष प्रचण्डमाथि छ ।  सचिवमा देबेन्द्र पौडेल, शक्ति बस्नेत, हितमान शाक्य  लगायतका नेताहरुको बारेमा छलफल भएको छ ।