• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ ★   युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त ★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो ★   ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था ★   मुकुल ढकालले भनेः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस् ★   सहिदको स्मृतिमा उद्यान निर्माण ★   सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित ★   सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेको महामन्त्री ढकालको प्रतिवेदनमा के छ ? – पूर्णपाठ ★   रास्वपा बैठकमा महामन्त्री ढकालले पेश गरे प्रतिवेदन

फ्रान्सद्वारा प्लास्टिक प्याकेजिङमा प्रतिबन्ध



पेरिस । फ्रान्सले अधिकांश फलफूल र तरकारी प्याकेज गर्न प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाएको छ। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको सरकारले विश्वव्यापी रूपमा प्रदूषण बढ्दै गएपछि एकल–प्रयोग प्लाष्टिकलाई चरणबद्ध रूपमा हटाउनका लागि नयाँ नियमअन्तर्गत शनिबारदेखि यो प्रतिबन्ध लागू गरेको हो।

नयाँ नियमअनुसार अब प्लास्टिकमा लिक्स, गाजर, टमाटर, आलु, स्याउ, नासपाती र अन्य ३० वस्तु बिक्री गर्न पाइने छैन। यसको सट्टा तिनीहरूलाई पुनः प्रयोग गर्न मिल्ने सामग्रीहरूमा बेर्नुपर्नेछ । जामुन र पीच जस्ता नाजुक फलफूलका लागि प्लास्टिकलाई अझै अनुमति दिइनेछ तर आगामी वर्षमा यसलाई क्रमशः हटाइनेछ।

पत्रिका र अन्य प्रकाशन पनि प्लास्टिक र्यापिङबिना पठाउन आवश्यक हुनेछ । साथै  फास्टफूड रेस्टुरेन्टहरूलाई अब बच्चाहरूलाई प्लास्टिकका खेलौनाहरू निःशुल्क प्रस्ताव गर्न अनुमति हुनेछैन ।

यस वर्षको अन्त्यमा प्लास्टिकका बोतलको प्रयोगलाई न्यूनीकरण गर्न सार्वजनिक ठाउँमा पानीका फोहराहरू पनि खोलिनेछ। सरकारले नयाँ नियमले वार्षिक १ अर्ब प्लास्टिकजन्य फोहोर हटाउने अपेक्षा गरेको छ ।

फ्रान्सेली पत्रकार तथा लेखक एनी–एलिजाबेथ मोउटेटले नयाँ नियमहरूमा मिश्रित प्रतिक्रिया आएको बताएकी छन्। “यो अलि विखण्डित मानसिकता हो किनभने एकातिर फ्रान्सेलीहरू प्लास्टिकको प्रयोग कम गर्ने आवश्यकताका बारेमा धेरै सचेत छन्। यति धेरै प्लास्टिक प्रयोग नगर्नका लागि व्यापक समर्थन आवश्यक हुन्छ। एकै समयमा एक पटक तपाईंले तरकारीहरू आफैँ किन्नुभयो भने तपाईंले महसुस गर्नुहुन्छ कि उत्पादनलाई छिटो सड्नबाट रोक्नका लागि बेर्ने नयाँ तरिकाहरू पत्ता लगाउन केही पनि गरिएको छैन”, उनले भनिन् ।