२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी

विशेष सम्पादकीय : आज नेपालको ऐतिहासिक दिन !

विशेष सम्पादकीय : आज नेपालको ऐतिहासिक दिन !
अ अ+ अ-

आज नेपालका लागि ऐतिहासिक दिन । दशकौँदेखि गुमेको र एक किसीमले भन्दा खोसिएको आफ्नो भूमि सकुशल फिर्ताका लागि आज वैधानिक रुपमा प्रक्रिया थाल्ने अथवा दाबी गर्ने दिन । पश्चिम नेपालका भारतले अतिक्रमण गरेर कब्जा गरेका लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रका भूभागहरु समेटेर जारी गरिएको नेपालको वास्तविक नक्सा नेपालको संसदमा मतदान गरेर वैधानिक गराउने दिन । नेपालका गुमेका भूभागहरु समेटेर तयार पारिएको नक्सा बमोजिम नेपालको निशाना छापमा पनि संशोधन गरी नयाँ बनाउनका लागि आवश्यक संविधान संशोधन गर्न नेपालको संसदले आज व्यापक तयारी गरिरहेको छ । देशमा त्यस्तो कुनै भवितव्य परेन भने अबका केही घन्टामा नेपालको संसदले आफ्नो गुमेको जमिन प्राप्त गर्ने सबैभन्दा ठूलो वैधानिकता प्राप्त गर्नेछ । यस प्रयोजनका लागि देशका सबै राजनीतिक दलहरुमा अभूतपूर्व एकता देखिएको छ । संविधान संशोधनको पक्षमा मतदान नगर्ने त होइनन् भनी आशंका गरिएका राजनीतिक शक्तिहरुले पनि संगठित रुपमा निर्णय गरेर एकता प्रदर्शन गरिसकेका छन् । 

भारत दक्षिण एसियाको जनसंख्या, भूगोल, अर्थतन्त्र आदिका हिसाबले ठूलो देश हो । ठूलो हुनु या बन्नु भनेको सानोलाई माया गर्नु या भरथेग गर्नु प्रकृतिको नियम नै हो । तर प्रकृतिको यो नियमको पालना गर्ने ठूलो मन भारतले दक्षिण एसियाली छिमेकी मुलुकहरुमा कहिल्यै देखाएन । यो अहिले हामी हेपाईमा परेर उसलाई लगाएको दोषारोपण होइन कि नेपालबाहेकका अरु देशसँगको उसको व्यवहार पनि त्यस्तै छ । कुनै छिमेकीसँग उसको राम्रो सम्बन्ध छैन । पाकिस्तानको त कुरै भएन उनीहरुका शब्दमा फुटेर गएको पर्यो । बंगलादेशसँग पनि भारतको सीमाकै सम्बन्धमा गडबडी छ । गंगाको पानी बाँडफँडको विषयमा उनीहरुका बीच विवाद छ । श्रीलंकासँगको नराम्रो सम्बन्धले नै महामत्मा गान्धीदेखि राजीव गान्धीसम्मका हत्याका नराम्रा घट्ना भएको इतिहास भारतीय इतिहासकारहरुले नै जोड्ने गरेका छन् । सानो देश मालदिभ्समा ठूलो राजनीतिक उथलपुथलका पछाडिको कारक खोज्दा पनि नयाँ दिल्ली नै पुग्ने राजनीतिक विश्लेषकहरु बताउँछन् । भूटानको राजनीतिक, आर्थिक र सामाजिक नियन्त्रणको चाबी केही अघिसम्म भारतले नै बोकेर बसेको थियो । पछिल्ला एकाध वर्षमा उसले भनेको नेतृत्व त्यहाँको राजनीतिमा नउदाएपछि चीनसँग जोडिएको आरोप पनि उनीहरु नै लगाउँछन् । बाँकी रह्यो नेपाल । नेपाल भारत सम्बन्धका आयामहरुका केश्रा केलाउने जो कोहीले पनि नेपाल भारतबाट नहेपिएको, नपेलिएको इतिहास र वर्तमान कुनै पनि भेटाउँदैन । पहिलेका यी दुई देशका अनेकन सन्धीदेखि अहिलेका सम्झौताहरुसम्म पनि भारतले नेपालको हात तल पार्ने मात्र ध्याउन्न राखेको देखिन्छ । सुगौली सन्धी हुन् या अहिलेका विविध सम्झौता नै किन नहुन् । छिमेकमा भएपछि आँठो जोडिन्छ, कुम ठोक्किन्छ । यी यस्ता विविध विषयको व्यवस्थापन गर्नैपर्ने बाध्यता हुन्छ । तर जब जब सन्धी या सम्झौता या समझ्दारीका लागि दुई पक्ष बस्नुपर्छ तब भारतले बडे भाइको व्यवहार देखाइहाल्छ । आँठो मिच्ने उसको सबैभन्दा ठूलो कमजोरी हो । त्यति ठूलो जमिनयुक्त देशलाई नेपालजस्तो उसको भन्दा थोरै क्षेत्रफल भएको देशको आँठो मिचेर किन दुःख दिन खोजेको हो भन्ने कुरा सुन्नेलाई पनि अचम्म लाग्छ । अहिलेको समस्या पनि यही हो । उसले वर्षौँदेखि हाम्रा यी भूभागहरु हडपेरै राख्यो । ती जमिन फिर्ता गर, त्यहाँबाट आफ्ना सेना फिर्ता लैजाउ भन्ने हाम्रो लाख विन्ती र लाख प्रयत्नहरु भए । तर सम्भव भएन । हुँदा हुँदा अहिले त उनीहरुले हाम्रै भूमिमा आएर बाटो नै बनाए । सहनुको यो भन्दा अर्काे हद थिएन । त्यसैले हामीले हाम्रो जमिन फिर्ताको कागजीबाटो समात्यौँ । बाँकी भौतिक उपस्थितिका कामहरु हुदै जानेछन् र यसका प्रयत्नहरु नेपाल सरकारले अघि बढाउँदै लैजाने नै छ । अहिलेको लागि वर्तमान सरकार र विशेषतः प्रधानमन्त्री केपी ओलीको यो प्रयत्न प्रशंसनीय छ । 

नेपाल यसै एकतर्फी नक्सा जारी गर्ने बाटोमा पुगेको होइन । पहिलेका र यही सरकारले पनि वार्ताका लागि निकै समयदेखि समय मागेकै हो । द्धिपक्षीय वार्ताको टेबलमा बसौँ र यी विषयहरुलाई टुंग्याऔँ भन्ने चाहना नै हो नेपालको । तर भारतले धेरै नै उपेक्षा गर्यो । वार्तामा बस्ने समय पनि दिएन । यता हामीले आफ्ना प्रमाणहरु पुर्याइ नै सकेका छौँ । हामीसँग भौतिक रुपमा कागजातदेखि देख्ने मानिसहरु नै छन् । हाम्रो हडपिएको त्यही ठाउँमा पुगेर जनगणना गरेर आएका भैरव रिसालजस्ता व्यक्तिहरुले आफ्ना प्रमाणहरु पेश गरिसकेका छन् । तर पनि भारत बोल्दैन । हुनत वार्तामा बसेपछि कागज बोल्यो भने आफूले लिँडेढिपी गर्न नपाइने भएर पनि वार्तादेखि भागेको होला । त्यो मनोविज्ञान हामीले नबुझेको पनि होइन । तर जे सुकै हास् यी दुई देशबीच रोटीबेटीको सम्बन्ध रहेका सदियौँदेखिका छिमेकी हुन् । त्यसैले पनि आगामी दिनमा वार्ता नै उत्तम उपाय हुनसक्छ । तर एउटा कुरा भारतले के बुझ्नसक्नुपर्छ भने भूगोल र जनसंख्याले कुनै पनि देश सानो हुने होइन । त्यसो हुने भए आज विश्वका नागरिकको मुखमा सिंगापुरको नाम यसरी झुण्डिने नै थिएन । सिंगापुरको जनसंख्या र भूगोल सबैलाई थाहै छ । अर्काे कुरा त्यस देशले कत्तिको वीरताको इतिहास बोकेको छ भन्ने पनि हेक्का राख्नुपर्दछ । हामी भारतीयजस्तो कुनै विदेशी साम्राज्यको छायाँमा कहिल्यै परेनौँ । हाम्रा वीर र वीरताले जोगाएको देश हो यो । बरु हाम्रै वीर गोरखालीले भारतीयहरुको सीमा जोगाइदिएका छन् । अनि विगतका हिसाब खोज्ने हो भने त बेला बेलामा भारतमा हुने सिपाही विद्रोहहरुमा हाम्रै वीर गोरखाली गएर जोगाइदिएका छन् । त्यसैले यहाँसम्मका यति महत्वपूर्ण हाम्रा सम्बन्धहरुलाई कायम राख्न पनि आज नेपालको संसदले पास गर्ने नयाँ नक्साबमोजिमको जमिनमा भारतीय उपस्थिति हटोस् र यसका लागि टेबुल वार्ताको प्रक्रियाको थालनी छिट्टै होस् ।