१४ असार २०८३, आईतवार
,
Latest
इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक, ८ अर्ब ३९ करोड खर्च



अ+ अ-

काठमाडौं । सरकारले कोरोना रोकथाम र उपचारमा भएको खर्च सार्वजनिक गरेको छ। सीसीएमसी निर्देशन समितिको निर्णयअनुसार खर्च विवरण सार्वजनिक गरिएको हो ।

१० अर्ब खर्च भएको चर्चा चलिरहे पनि तीनै तहबाट हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको सरकारले जनाएको छ ।

जसमध्ये संघीय संचित कोषबाट श्रोत व्यवस्थापन गरिएको रकम ४ अर्व १० करोड ५५ लाख ६ हजार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, शहरी विकाश मन्त्रालय र शिक्षा मन्त्रालयलाई बजेट दिइएको उल्लेख छ। 

यस्तै औषधि, स्वास्थ्य सामाग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टिन र अन्य गरी ५ अर्ब ६२ करोड ९२ लाख ४० हजार निकासा भएको सार्वजनिक गरिएको छ। सरकारले सातै प्रदेशबाट गरी १ अर्ब ३० करोड ४ लाख ९९ सय हजार खर्च भएको उल्लेख छ।

त्यसैगरी स्थानीय तहहरूले २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार खर्च गरेको विवरणमा बताइएको छ।

त्यसैगरी प्रदेश सरकारकातर्फबाट कोरोना कोषमा २ अर्ब २२ लाख ५३ हजार जम्मा भएको उल्लेख छ भने स्थानीय तहबाट ४ अर्ब ८३ करोड २७ लाख १५ हजार जम्मा भएको उल्लेख छ।