२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुग्यो



अ+ अ-

काठमाडौं । नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बाराको निजगढका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको हो । 

वीरगन्जस्थित सिटिजन हेल्थ केयरमा शुक्रवार राति भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो। मृत्युपश्चात कोरोनाको आशंकामा उनको स्वाब परीक्षण गरिएको थियो।

स्वाब परीक्षण गर्दा बालकमा संक्रमण पोजेटिभ देखिएको नारायणी अस्थायी अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए।

मृत्युपछि कोरोना देखिएपछि बालकको शवलाई प्रहरीले दाहसंस्कार गर्ने तयारी गरेको छ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ। हिजै वीरगन्जस्थित घण्टाघर क्षेत्रमा वेवारिसे अवस्थामा मृत भेटिएका २५ वर्षीय युवकमा पनि कोरोना पोजेटिभ देखिएको थियो। पछिल्लो दुई मृत्यु संख्याबारे स्वास्थ्य मन्त्रालयलको औपचारिक जानकारी गराउन बाँकी छ।