२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी

संविधान संशोधनको पक्षमा मतदान  गर्न सांसदहरुलाई समाजवादीकाे ह्वीप, गिरीले प्रस्ताब फिर्ता नलिने

संविधान संशोधनको पक्षमा मतदान  गर्न सांसदहरुलाई समाजवादीकाे  ह्वीप, गिरीले प्रस्ताब फिर्ता नलिने
अ अ+ अ-

काठमाडौं । समाजवादी पार्टी नेपालले संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सांसदहरुलाई संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।

बैठकपछि पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले सर्वसम्मतीबाट संशोधनको पक्षमा मतदान गर्ने निर्णय भएको बताउनुभयो । आफ्नो पार्टी राष्ट्रियता र राष्ट्रिय स्वाधिनताका पक्षमा सधै रहेको उहाँले बताउनुभयो । बैठकले सांसद सरिता गिरीले संसदमा पेश गर्नुभएको संशोधन फिर्ता लिन पनि निर्देशन दिएको छ ।

यसअघि नै पार्टीले फिर्ता लिन भनेको र संसदीय दलको बैठकले समेत आज निर्देशन दिएकाले गिरीले आफ्नो प्रस्ताव फिर्ता लिने विश्वास उहाँले व्यक्त गर्नुभयो । अहिले सबैले राष्ट्रियताको पक्षमा एक भएर अगाडी बढ्नुपर्ने आवश्यकता भएको र त्यही अनुसार अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो ।

सांसद गिरीले आफ्नो संशोधन प्रस्ताव फिर्ता नलिएको खण्डमा के गर्ने भन्ने निर्णय पार्टीले गरेको छैन् । सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि निशान छापमा राख्न संविधान संशोधन प्रकृया अगाडी बढाएको छ । सरकारले ल्याएको संशोधन विधेयकमा सांसद गिरीले संशोधन हाल्नुभएको छ । पार्टीले यसअघि नै फिर्ता लिन निर्देशन दिएपनि उहाँले फिर्ता लिनुभएको छैन् । उहाले आफनो निर्णय संसदमा  नै गर्ने भन्दै पार्टीको निर्णयलाई अबज्ञाहरु भएको छ ।