२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधनको पक्षमा मतदान  गर्न सांसदहरुलाई समाजवादीकाे ह्वीप, गिरीले प्रस्ताब फिर्ता नलिने



अ+ अ-

काठमाडौं । समाजवादी पार्टी नेपालले संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सांसदहरुलाई संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।

बैठकपछि पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले सर्वसम्मतीबाट संशोधनको पक्षमा मतदान गर्ने निर्णय भएको बताउनुभयो । आफ्नो पार्टी राष्ट्रियता र राष्ट्रिय स्वाधिनताका पक्षमा सधै रहेको उहाँले बताउनुभयो । बैठकले सांसद सरिता गिरीले संसदमा पेश गर्नुभएको संशोधन फिर्ता लिन पनि निर्देशन दिएको छ ।

यसअघि नै पार्टीले फिर्ता लिन भनेको र संसदीय दलको बैठकले समेत आज निर्देशन दिएकाले गिरीले आफ्नो प्रस्ताव फिर्ता लिने विश्वास उहाँले व्यक्त गर्नुभयो । अहिले सबैले राष्ट्रियताको पक्षमा एक भएर अगाडी बढ्नुपर्ने आवश्यकता भएको र त्यही अनुसार अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो ।

सांसद गिरीले आफ्नो संशोधन प्रस्ताव फिर्ता नलिएको खण्डमा के गर्ने भन्ने निर्णय पार्टीले गरेको छैन् । सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि निशान छापमा राख्न संविधान संशोधन प्रकृया अगाडी बढाएको छ । सरकारले ल्याएको संशोधन विधेयकमा सांसद गिरीले संशोधन हाल्नुभएको छ । पार्टीले यसअघि नै फिर्ता लिन निर्देशन दिएपनि उहाँले फिर्ता लिनुभएको छैन् । उहाले आफनो निर्णय संसदमा  नै गर्ने भन्दै पार्टीको निर्णयलाई अबज्ञाहरु भएको छ ।