२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

कि सुगौली सन्धि मानौं नभए टिष्टा काँगडासम्म दाबी गरौं – राजेन्द्र लिङदेन



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सासद राजेन्द्र लिङदेनले भारतले  सुगौली सन्धि नमान्ने हो भने टिष्टा र काँगडासम्मको भूमिका दाबी गर्नु पर्ने बताउनु भएको छ । प्रतिनिधिसभामा संविधान संशोधन सम्बन्धी छलफलमा भाग लिँदै सांसद लिङदेनले नेपालको भूमि आफ्नो नक्सामा समेटेको भारतले नेपाललाई निःशर्त रुपमा भूमि फिर्ता गर्नु पर्ने बताउनुभयो । 

उहाँले नेपाल भारतकाे भाइ नभएकाले नेपाललाइ असल छिमेकी र मित्रको रुपमा व्यवहार गर्न पनि आग्रह गर्नुभयो । सांसद लिङदेनले संविधानको प्रस्तावनामा नै गम्भीर असहमति रहँदा रहँदै पनि यो प्रस्तावलाई निःशर्त समर्थन  गरेको जानकारी गराउनुभयो । 

सारा नेपालीको खुसीको दिन भएको स्मरण गर्दै उहाँले यो ऐतिहासिक दिनको नेतृत्व गर्ने प्रधानमन्त्री ओली सहित सबैलाई बधाई समेत दिनु भयो । सांसद लिङदेनले पूर्व वक्ता एवं नेकपा सांसद पुष्पकमल दाहालको भनाई प्रति रोष्ट्रमबाटै असहमति जनाउँदै निराधार आरोप नलगाउन  आग्रह समेत गर्नुभयो ।