२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

काेराेनाबाट थप २ जनाकाे मृत्यु, काेराेना संक्रमण तिब्र



अ+ अ-

काठमाडाैंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेराेनाभाइरसकाे संक्रमण देखिएका थप २ जनाकाे मृत्यु भएकाे पुष्टि गरेकाे छ । याेसहित देशभर काेराेनाभाइरसबाट मृत्यु हुनेकाे संख्या १८ पुगेकाे छ ।

मन्त्रालयका अनुसार पर्साकाे वीरगंज घण्टाघरमा यही जेठ २८ गते बेबारिसे अवस्थामा मृत भेटिएका एक २५ वर्षीय बेबारिसे व्यक्तिकाे स्वाब परीक्षण गर्दा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

यस्तै बाराकाे निजगढ ६ याेजना टाेल निवासी वर्ष ५ का बालक ज्वराे तथा श्वासप्रश्वासमा समस्याका कारण शुक्रबार बीरगंज हेल्थकेयर अस्पतालमा उपचार गराइरहँदैकाे अवस्थामा मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ । ती बालककाे स्वाब परीक्षण गर्दा काेराेनाभाइरस पाेजेटिभ देखिएकाे थियाे ।