२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिवार थप २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ७३ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको पाइएको छ । वाथ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेशवर गौतमका अनुसार २ सय ४७ पुरुष र ३६ जना महिला रहेका छन् । यससँगै कुल संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ६१ पीसीआर परीक्षण र २ हजार ५ सय ३० आरडिटी परीक्षण भएको बताउनुभयो । यससँगै हालसम्म कुल पीसीआर परीक्षण १ लाख २७ हजार २ सय ८८ जनाको भएको छ भने आरडिटी परीक्षणको संख्या १ लाख ९० हजार ५ सय ८२ पुगेको छ । यस्तै क्वारेन्टाइनमा रहेका मानिसहरुको संख्या १ लाख ५० हजार ५ सय ४९ रहेको छ भने आइसेलेसनमा उपचार गराएका संक्रमितको संख्या ४ हजार ४ सय ४ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा ३६ जना निको भएर घर फर्किएका छन् । जसमध्ये नारायणी अस्पताल विरगंजबाट ५ जना पुरुष, साइकृष्ण आइसोलेशन सप्तरीबाट १७ जना पुरुष, आइसोलेसन सेन्टर सहपूर्व दुदुवा बाँकेबाट ८ जना पुरुष र भरतपुर अस्पताल चितवनबाट ६ जना पुरुष निको भएर घर फर्किएका हुन । यससँगै निको हुनेको संख्या ९ सय १३ पुगेको छ ।