२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी

कोरोना रोकथाम र भ्रष्टाचार नियन्त्रणका लागि उचित काम गर्न सांसदहरुको माग

कोरोना रोकथाम र भ्रष्टाचार नियन्त्रणका लागि उचित काम गर्न सांसदहरुको माग
अ अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा सांसदहरुले समसामयीक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै कोरोना रोकथाम र भष्ट्राचार नियन्त्रणका लागि उचित काम गर्न माग गरेका छन् ।  

प्रतिनिधिसभाको आइतबारको बैठकमा विषेश समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारले कोरोना रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको बताउनुभयो । सरकारले केही काम गर्न नसक्ने र १० अर्बको खर्च देखाउने गर्दा नागरिकहरु आफै सडकमा उत्रिएको बताउनुभयो । उहाँले नेपाल एयरलाइन्स चाटर्ड गर्ने नाउँमा ६/७ गुणा बढी पैसा पीडितबाट असुलेको आरोप समेत लगाउनु्भयो ।

सरकारका यस्ता गतिविधिबाट नागरिकहरु आफै सडकमा आई सरकार फाल्नुपर्ने अवस्था आयो भने लोकतान्त्रिक पार्टीका लागि शुभसंकेत नहुने बताउनुभयो । उहाँले भन्नुभयो ‘आज नेपाल एयरलाइन्सको प्लेन चार्टडको नाउँमा यहाँका ट्राभल एजेन्सीहरुबाट ६/७ टाइम्स भन्दा बढी पैसा असुली भइराखेको छ । यहाँ बोल्न नपर्ने सरकारले जनतालाई जे भनेपनि हुने जनताले सहिरहनु पर्ने फेरी हामी चुप लाग्नुपर्ने । अत्यन्त भयाभह अवस्था छ । यदि सडकबाट जनताले सरकार फाल्नु पर्यो भने लोकतन्त्र पार्टीको लागि शुभसंकेत हुन्दैन स्थिति यो आइसकेको छ ।’

३३ किलो सुनकाण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस लगायतका विषयमा अझै छानविन नगरी बसेकाले सरकार पूर्णरुपमा भस्ट्राचारको संरक्षक भएको प्रमाणित भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले कहाँ सहयोग गरेनौं सेक्युरिटी प्रिन्टिङ प्रेसमा हामीले भन्यौं अहिले बेला होइन भनेर अहिले छताछुल्ल भएको छ ।

मन्त्रीले त ७० करोड रुपैयाँ माग्नुभयो भनेर आज राजीनामा गरेको अवस्था छ । यो सकरारको नैतिकता कहाँ छ ? अझ प्रतिपक्षले सहयोग गरेन प्रतिपक्ष अहिस्णु भयो भनेर भन्नुहुन्छ । लोकलाज त राखिदिनुहोस प्रधानमन्त्री ज्यू ।’

उहाँले सरकारले केहीपनि काम गर्न नसक्ने तर त्यसको दोश कांग्रेसलाई लगाउने गरेको बताउनुभयो । उहाँले काम गर्न नसक्ने प्रधानमन्त्रीले प्रतिपक्षिले काम गर्न दिएन भन्ने अभिव्यक्ति दिन लोकलाज मान्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘प्रधानमन्त्री ज्यु लोकलाज त राख्नुस कांग्रेसले कहाँ सहयोग गरेको छैन् । हामीले भन्यौं वाइडबडीमा भस्ट्राचार भएको छ । महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा अनियमितता भएको छ । हामीले भन्यौं हामी साढे चार अर्बको भ्रष्टाचार भएको छ तपाई हेर्दिनुहोस् । प्रधानमन्त्री ज्यूले भन्नुभयो उहाँले फैसला दिनुभयो भष्ट्राचार भएको छैन भनेर । ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद मातृका प्रसाद यादवले धनुषा जिल्लामा विभिन्न अपराधिक घटना हुँदै आएको तर राजनीतिक संरक्षणमा अपराधिले उनमुक्ति पाइरहेको बताउनुभयो । उहाँले अपराधिक घटनाहरु हुने र राजनीतिक आडमा जोगिने परम्परालाई रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

धनुषा जिल्ला सबैला नगरपालिकामा ट्याक्टर दुर्घटनाका एक ड्राइभर हिरासतमा परेको तर जेठ २७ गते हिरासतमै रहेको अवस्थामा सौचालयमा भुण्डिएको अवस्थामा फेला परेको सांसद यादवले बताउनुभयो । उहाँले उक्त घटनामा पीडितका परिवारले झुण्डाएर मारेको बताइरहेको र प्रहरी थानाले आफै झुण्डिएको बताएकाले छानविन हुनुपर्ने बताउनुभयो ।

उहाँले रुकुम घटना छानविन गर्न गठन भएको संसदीय समतिलाई नै छानविन गर्न जिम्मा दिनुपर्ने बताउनुभयो । त्यस्तै २७ गते नै सबैला नगरपालिकामा घरमा रहेका अरुणकुमार मण्डललाई रातको समय फोन गरी बोलाएर गोली हानी हत्या भएकोले उक्त घटनाको पनि निस्पक्ष छानविन गर्न माग गर्नुभयो । उहाँले २०६६ जेठ ४ गते जनकपुरबाट पैसा ल्याउँदै गर्दा हत्या भएको घटनाको अहिले सम्म छानविन हुन नसकेको भन्दै छानविन गर्न माग गर्नुभयो ।

दुई नम्बर प्रदेशमा कोरोना नियन्त्रणमा ठूलो समस्या रहेको यादवले बताउनुभयो । उहाँले कडा भाइरस आएको भन्ने प्रधनमन्त्रीलाई कडा खालको उपचारको व्यवस्था मिलाइदिन माग गर्नुभयो । उहाँले प्रदेश नम्बर दुई सरकारले पनि कुनै प्रभावकारी योजनाका साथ कोरोना रोकथामका लागि काम गर्न नखोजेको बताउनुभयो ।