२६ आश्विन २०८१, शनिबार
,
Latest
दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना रोकथाम र भ्रष्टाचार नियन्त्रणका लागि उचित काम गर्न सांसदहरुको माग



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा सांसदहरुले समसामयीक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै कोरोना रोकथाम र भष्ट्राचार नियन्त्रणका लागि उचित काम गर्न माग गरेका छन् ।  

प्रतिनिधिसभाको आइतबारको बैठकमा विषेश समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारले कोरोना रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको बताउनुभयो । सरकारले केही काम गर्न नसक्ने र १० अर्बको खर्च देखाउने गर्दा नागरिकहरु आफै सडकमा उत्रिएको बताउनुभयो । उहाँले नेपाल एयरलाइन्स चाटर्ड गर्ने नाउँमा ६/७ गुणा बढी पैसा पीडितबाट असुलेको आरोप समेत लगाउनु्भयो ।

सरकारका यस्ता गतिविधिबाट नागरिकहरु आफै सडकमा आई सरकार फाल्नुपर्ने अवस्था आयो भने लोकतान्त्रिक पार्टीका लागि शुभसंकेत नहुने बताउनुभयो । उहाँले भन्नुभयो ‘आज नेपाल एयरलाइन्सको प्लेन चार्टडको नाउँमा यहाँका ट्राभल एजेन्सीहरुबाट ६/७ टाइम्स भन्दा बढी पैसा असुली भइराखेको छ । यहाँ बोल्न नपर्ने सरकारले जनतालाई जे भनेपनि हुने जनताले सहिरहनु पर्ने फेरी हामी चुप लाग्नुपर्ने । अत्यन्त भयाभह अवस्था छ । यदि सडकबाट जनताले सरकार फाल्नु पर्यो भने लोकतन्त्र पार्टीको लागि शुभसंकेत हुन्दैन स्थिति यो आइसकेको छ ।’

३३ किलो सुनकाण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस लगायतका विषयमा अझै छानविन नगरी बसेकाले सरकार पूर्णरुपमा भस्ट्राचारको संरक्षक भएको प्रमाणित भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले कहाँ सहयोग गरेनौं सेक्युरिटी प्रिन्टिङ प्रेसमा हामीले भन्यौं अहिले बेला होइन भनेर अहिले छताछुल्ल भएको छ ।

मन्त्रीले त ७० करोड रुपैयाँ माग्नुभयो भनेर आज राजीनामा गरेको अवस्था छ । यो सकरारको नैतिकता कहाँ छ ? अझ प्रतिपक्षले सहयोग गरेन प्रतिपक्ष अहिस्णु भयो भनेर भन्नुहुन्छ । लोकलाज त राखिदिनुहोस प्रधानमन्त्री ज्यू ।’

उहाँले सरकारले केहीपनि काम गर्न नसक्ने तर त्यसको दोश कांग्रेसलाई लगाउने गरेको बताउनुभयो । उहाँले काम गर्न नसक्ने प्रधानमन्त्रीले प्रतिपक्षिले काम गर्न दिएन भन्ने अभिव्यक्ति दिन लोकलाज मान्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘प्रधानमन्त्री ज्यु लोकलाज त राख्नुस कांग्रेसले कहाँ सहयोग गरेको छैन् । हामीले भन्यौं वाइडबडीमा भस्ट्राचार भएको छ । महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा अनियमितता भएको छ । हामीले भन्यौं हामी साढे चार अर्बको भ्रष्टाचार भएको छ तपाई हेर्दिनुहोस् । प्रधानमन्त्री ज्यूले भन्नुभयो उहाँले फैसला दिनुभयो भष्ट्राचार भएको छैन भनेर । ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद मातृका प्रसाद यादवले धनुषा जिल्लामा विभिन्न अपराधिक घटना हुँदै आएको तर राजनीतिक संरक्षणमा अपराधिले उनमुक्ति पाइरहेको बताउनुभयो । उहाँले अपराधिक घटनाहरु हुने र राजनीतिक आडमा जोगिने परम्परालाई रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

धनुषा जिल्ला सबैला नगरपालिकामा ट्याक्टर दुर्घटनाका एक ड्राइभर हिरासतमा परेको तर जेठ २७ गते हिरासतमै रहेको अवस्थामा सौचालयमा भुण्डिएको अवस्थामा फेला परेको सांसद यादवले बताउनुभयो । उहाँले उक्त घटनामा पीडितका परिवारले झुण्डाएर मारेको बताइरहेको र प्रहरी थानाले आफै झुण्डिएको बताएकाले छानविन हुनुपर्ने बताउनुभयो ।

उहाँले रुकुम घटना छानविन गर्न गठन भएको संसदीय समतिलाई नै छानविन गर्न जिम्मा दिनुपर्ने बताउनुभयो । त्यस्तै २७ गते नै सबैला नगरपालिकामा घरमा रहेका अरुणकुमार मण्डललाई रातको समय फोन गरी बोलाएर गोली हानी हत्या भएकोले उक्त घटनाको पनि निस्पक्ष छानविन गर्न माग गर्नुभयो । उहाँले २०६६ जेठ ४ गते जनकपुरबाट पैसा ल्याउँदै गर्दा हत्या भएको घटनाको अहिले सम्म छानविन हुन नसकेको भन्दै छानविन गर्न माग गर्नुभयो ।

दुई नम्बर प्रदेशमा कोरोना नियन्त्रणमा ठूलो समस्या रहेको यादवले बताउनुभयो । उहाँले कडा भाइरस आएको भन्ने प्रधनमन्त्रीलाई कडा खालको उपचारको व्यवस्था मिलाइदिन माग गर्नुभयो । उहाँले प्रदेश नम्बर दुई सरकारले पनि कुनै प्रभावकारी योजनाका साथ कोरोना रोकथामका लागि काम गर्न नखोजेको बताउनुभयो ।