२६ आश्विन २०८१, शनिबार
,
Latest
दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईओएफटीसीको आठ लाख सहयोग



अ+ अ-

काठमाडौं । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको गैर नाफामुलक संस्था अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राहत उपलब्ध गराउन आर्थिक सहयोग प्रदान गरेको छ ।

काठमाडौं उपत्यकासहित सातै प्रदेशमा समस्यामा परेका तेक्वान्दो खेलाडीको पहिचान गरी राहत उपलब्ध गराउने गरी आईओएफटीसीले ८ लाख रुपैयाँ अमेरिकाबाट पठाएको हो । समस्यामा परेका खेलाडीको पहिचान गर्न रामचन्द्र ब्यञ्जनकारको संयोजकत्वमा ४ सदस्यीय आईओएफटीसी हेल्प डेक्स टिम नेपाल गठन गरिएको छ । सदस्यमा रजिन सिंह, अर्जुन महर्जन र निरोज गौतम रहेका छन् । सल्लाहकारमा  मैत्री तेक्वान्दो डोजाङका प्रमुख अष्टबहादुर महर्जन छन् ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले टिमका संयोजक ब्यञ्जनकारलाई सिंहदरबारमा आइतबार चेक हस्तान्तरण गरे । सो अवसरमा मन्त्री विश्वकर्माले आईओएफटीसीले गरेको सहयोगले केहि हदसम्म भएपनि खेलाडीलाई सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

आईओएफटीसीले २०७२ सालको विनाशकारी भुकम्पकाबाट पीडितलाई पनि सहयोग गरेको थियो । आईओएफटीसीका संस्थापक एवं निर्देशक दिवाकर महर्जनले कोभिड– १९ को समस्या विश्वव्यापी भएकाले ठूलो मात्रामा सहयोग गर्न नसकिएको बताउदै थोरै भएपनि यसले खेलाडीलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग उपलब्ध गराएको बताए ।