२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी

आज मोदीको बुट पालिस गर्नेले भूमि फिर्ता आएपछि ओलीको गर्छन्ः सांसद बिडारी

आज मोदीको बुट पालिस गर्नेले भूमि फिर्ता आएपछि ओलीको गर्छन्ः सांसद बिडारी
अ अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले नेपाली भूमि फिर्ता लिनका लागि बलियो राष्ट्रिय एकताको आवश्यकता औल्याएका छन् ।  

आइतबार प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथिको विचार गरियोस भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा सहभागि सांसदहरुले भूमि फिर्ता गर्न बलियो राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका हुन् । सांसद रामनारायण विडारीले भूमि फिर्ताका लागि पुरा गर्नुपर्ने नेपाल र नेपालीको कर्तव्य भएको बताउनुभएको छ । अहिलेको अवशर प्राप्त गर्नका लागि धेरै आन्दोलन गर्नुपरेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘‘लाठी खाइयो, थुनामा परियो, कालापानी क्षेत्र हाम्रो हो भन्दा गोदाइ खाइयो । त्यस्तो हुँदहुँदै आज हामी यहाँ आइपुग्यौँ । यति काम गर्नका लागि हामीलाई गणतन्त्र चाहिने अवस्था परेको रहेछ । गणतन्त्र नआइ यो काम भएन् । जति धाक लाएपनि, जति लिपपोत गरेपनि, जति छोपेपनि गणतन्त्र नआइकन लोकतन्त्र नआइकन हामीले यो काम गर्न सकेनौँ ।’’

अब भारतीय सेनालाई नेपाली भूमिबाट हटाउने, भूमि फिर्ता गराउने र त्यहाँ निर्माण भएको बाटो नेपालको स्वीकृतिबिना चल्न नदिने कर्तव्य रहेको उहाँले बताउनुभयो ।

भारतबाट पैसा बुझ्नेहरु भूमि फिर्ता ल्याए ओलीको बुट पालिस गर्ने कुरा गरेको भन्दै विडारीले भन्नुभयो । 

‘‘केही केहीले भूमि फिर्ता लियो भने ओलीको बुट पोलिस गर्छु भने, अहिले मोदीको बुट पोलिस गर्दैछन्, फिर्ता आयो भने ओलीको बुट पोलिस गर्छन् । म प्रधानमन्त्रीलाई आग्रह गर्छु भूमि फिर्ता आएपछि त्यस्ता मान्छेलाई बुट पोलिसभन्दा पनि सीमानामा पाले बनाएर राख्नुपर्छ ।’’