२६ आश्विन २०८१, शनिबार
,
Latest
दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज मोदीको बुट पालिस गर्नेले भूमि फिर्ता आएपछि ओलीको गर्छन्ः सांसद बिडारी



अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले नेपाली भूमि फिर्ता लिनका लागि बलियो राष्ट्रिय एकताको आवश्यकता औल्याएका छन् ।  

आइतबार प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथिको विचार गरियोस भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा सहभागि सांसदहरुले भूमि फिर्ता गर्न बलियो राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका हुन् । सांसद रामनारायण विडारीले भूमि फिर्ताका लागि पुरा गर्नुपर्ने नेपाल र नेपालीको कर्तव्य भएको बताउनुभएको छ । अहिलेको अवशर प्राप्त गर्नका लागि धेरै आन्दोलन गर्नुपरेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘‘लाठी खाइयो, थुनामा परियो, कालापानी क्षेत्र हाम्रो हो भन्दा गोदाइ खाइयो । त्यस्तो हुँदहुँदै आज हामी यहाँ आइपुग्यौँ । यति काम गर्नका लागि हामीलाई गणतन्त्र चाहिने अवस्था परेको रहेछ । गणतन्त्र नआइ यो काम भएन् । जति धाक लाएपनि, जति लिपपोत गरेपनि, जति छोपेपनि गणतन्त्र नआइकन लोकतन्त्र नआइकन हामीले यो काम गर्न सकेनौँ ।’’

अब भारतीय सेनालाई नेपाली भूमिबाट हटाउने, भूमि फिर्ता गराउने र त्यहाँ निर्माण भएको बाटो नेपालको स्वीकृतिबिना चल्न नदिने कर्तव्य रहेको उहाँले बताउनुभयो ।

भारतबाट पैसा बुझ्नेहरु भूमि फिर्ता ल्याए ओलीको बुट पालिस गर्ने कुरा गरेको भन्दै विडारीले भन्नुभयो । 

‘‘केही केहीले भूमि फिर्ता लियो भने ओलीको बुट पोलिस गर्छु भने, अहिले मोदीको बुट पोलिस गर्दैछन्, फिर्ता आयो भने ओलीको बुट पोलिस गर्छन् । म प्रधानमन्त्रीलाई आग्रह गर्छु भूमि फिर्ता आएपछि त्यस्ता मान्छेलाई बुट पोलिसभन्दा पनि सीमानामा पाले बनाएर राख्नुपर्छ ।’’