१४ असार २०८३, आईतवार
,
Latest
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्न पाउने



अ+ अ-

काठमाडौं । सरकारले पीसीआर विधिबाट कोरोना परीक्षण गर्नका लागि निजी प्रयोगशालालाई पनि अनुमती दिने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालय उच्च स्रोतका अनुसार आइतबार मन्त्रीस्तरीय निर्णयमार्फत सरकारले संकलन गरेर होल्डमा रहेका स्वाबको परीक्षणको शुल्क भने सरकारले नै तिर्ने गरी निजी प्रयोगशालालाई गर्न दिने निर्णय गरेको हो ।  

मन्त्रालय स्रोतका अनुसार हाल पीसीआर परीक्षण गर्न पाउँ भनेर २० निजी प्रयोगशालाहरुले मन्त्रालयमा निवेदन दिएका मध्ये मापदण्ड पुगेकालाई परीक्षण गर्न दिने तयारी गरेको छ । 

विदेश जानका लागि निरोगीताको प्रमाण पत्र पेश गर्नु परेमा, विदेशी कुटनीतिक निकायका व्यक्तिहरुले  र कतैबाट परीक्षण गर्न अत्यावश्यक भएको सिफारिस भई आएका व्यक्तिले मात्रै शुल्क तिरेर कोरोना परीक्षण गर्न पाउने छन् । उनीहरुले  सोही तीन अस्पतालमा गएर ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण गर्न पाउने गरी निर्णय भएको स्रोतले जानकारी दिएको छ।

परीक्षणका लागि सरकारी मापदण्डभित्र नपरेका तीन खालका व्यक्तिले काठमाडौं उपत्यकाका तीन वटा अस्पतालमा गई शुल्क तिरेर परीक्षण गर्ने पाउने व्यवस्था पनि मन्त्रालयले गरेको स्रोतले  जानकारी दिएको छ।  त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा ५ हजार ५ सय शुल्क तिरेर कोरोना परीक्षण गर्न पाउने व्यवस्था गरिएको हो ।