२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

आज पितृ औशीँ, कोरोना भाइरसका कारण काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर पनि खुलेन

आज पितृ औशीँ, कोरोना भाइरसका कारण काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर पनि खुलेन
अ अ+ अ-

ललितपुर । यसपालीको पितृ औशीँमा काठमाडौको गोकर्णेश्वर महादेव मन्दिर नखुल्ने भएको छ । नेपालको उत्तर गयाका रुपमा परिचित सो मन्दिरमा भाद्रकृष्ण औँसीका दिन भक्तजनको घुँइचो लाग्ने गर्दछ । राजधानीको उत्तरपूर्वी भेगमा पर्ने पीतृ श्राद्धका निम्ती असाध्यै प्रख्यात गोर्कण मन्दिर नखोल्ने भएको गोकर्णेश्वर नगरपालिकाका उपमेयर शान्ती नेपालले जानकारी दिइन् । त्यसदिन धेरै भक्तजनकोजमघट र पीतृ श्राद्ध गर्न धेरै आउने भएकाले कोरोनाको जोखीमलाइ मध्यनजर गर्दै यसपाली मनिदर नखोल्ने निर्णय भएको छ, उनले भनिन्, विगतका वर्षमा जस्तो त्यत्ति धेरै तामझाम हुदैन । गोकर्णेश्वर महादेव मन्दिरमा लाग्ने मेला यस वर्ष नहुने भएको छ ।

उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भाद्रकृष्ण औँसीका दिन बुधबार लाग्ने मेला स्थगित गरिएको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष एवं वडा नम्बर ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए । उत्तर गयाका रुपमा परिचित गोर्कणमा भाद्र कृष्ण औशीका दिनमा आफ्ना पीता नहुनेहरुले श्राद्ध गर्नु धार्मीक संस्कृतिमा उत्तम मानिन्छ । समितिको बैठकले भाइरस साम्य नहुन्जेल बाबुको मुख हेर्ने दिन, हरितालिका ९तीज० र सोह्र श्राद्धमा समेत मन्दिर बन्द गर्ने निर्णय गरेको हो । कोरोनाको सुरुवाती संक्रमण र लकडाउनका समयमा पनि यो मन्दिर बन्द भएको थिएन । पशुपतिनाथको मूल मन्दिर क्षेत्र कोरोनाबाट बच्न चैत ११ गतेदेखि नै बन्द गरिएपछि साउनको पहिलो सातामा गोकर्णेश्वर मन्दिरमा भक्तजनको भीड लागेको थियो । मन्दिरमा लागेको भीडका कारण कोरोना फैलने जोखिम उच्च भएपछि साउन दोस्रो सातादेखि मन्दिर बन्द छ ।

बाबुको मुख हेर्ने दिन पिता दिवङ्गत भएका छोरा, छोरी यहाँ आई तर्पण, सिदादान र पिण्डदानसहित श्राद्ध गरेमा २१ पुस्तासम्मका पितृले मुक्ति पाउने धार्मिक विश्वास रहेको छ । यसै विश्वासका आधारमा प्रत्येक वर्ष कुशे औँसीसमेत भनिने भाद्र कृष्ण औँसीका दिन यहाँ हजारौँ भक्तजनको भीड लाग्ने गरेको छ । यसपाली कोरोनाका कारण यहाँ हुने प्राय सबै कृयाकलाप प्रभावित छन् ।

गोकर्णेश्वर क्षेत्रमा सत्ययुगमा भगवान् विष्णुले दायाँ पाउ टेकेको विष्णुपादुका छ भनने विश्वास छ । राजधानी दैनिक