२० माघ २०८१, आईतवार
,
Latest
सागर ग्रुपले आईटी एक्स्पो गर्ने जुनेलो, फापर, गहत फलाउने किसान भएनन् नियमावली संशोधनपछि मात्रै ४३ जलविद्युत कम्पनीको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्छः कार्यकारी निर्देशक अधिकारी क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने सांसद भट्टराईको प्रश्नः अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको बिरोध गर्ने ? बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए निजी क्षेत्रको अपेक्षा भन्दा माथि गएर सरकारले नीतिगत सुधारको लागि अध्यादेश ल्यायोः वरिष्ठ उपाध्यक्ष मल्होत्रा नेपालको लगातार तेस्रो हार, नेदरल्यान्डसँग १५ रनले पराजित जिमेल एकाउन्टमा एआई प्रयोग गरेर ह्याक के यो बियोन्सेको समय हो ? सङगीतका ए–लिस्टरहरू ग्रामीका लागि तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको अनियन्त्रित रुप



अ+ अ-

काठमाडौं । मंगलबार नेपालमा हालसम्मकै सबैभन्दा धेरै संख्यामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्रै १ हजार १६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि सबैभन्दा उच्च संख्यामा गत १९ असारमा ७ सय ४६ जनामा संक्रमण देखिएको थियो । पछिल्लो एक सातायता ४ हजार ३ सय ९ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । पछिल्लो एक साताको अवधिमा ८० हजार १ सय ६८ जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म देशभर ५ लाख ४२ हजार ८ सय ६६ जनाको कोरोना परीक्षण गरिएको छ । एक सातालाई आधार मान्दा दैनिक रूपमा ११ हजार ४ सय ५२ जनाको आरटी–पिसिआर विधिबाट कोरोना परीक्षण हुँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मात्रै झापाका २१, खोटाङका एक, मोरङका १ सय ८, ओखलढुंगाका एक, पाँचथरका एक, सुनसरीका ८, उदयपुरका २, बाराका ४२, धनुषाका ६४, महोत्तरीका २४, पर्साका १ सय २८, रौतहटका ३७, सप्तरीका ३, सर्लाहीका १ सय ७, सिरहाका १६, भक्तपुरका १७, चितवनका ४९, धादिङका २, दोलखाका २, काठमाडौंका १ सय ३८, काभ्रेका २१ र ललितपुरका ५० जनामा कोरोना पुष्टि भएको छ । यस्तै, मकवानपुरका ३०, सिन्धुलीका १, सिन्धुपाल्चोकका ३, बाग्लुङका ३, गोरखाका २, कास्कीका १६, लमजुङका १, नवलपरासीका चार, स्याङ्जाका एक र तनहुँका २ जनामा संक्रमण देखिएको छ ।

यस्तै, बाँकेका ६, बर्दियाका नौ, दाङका एक, कपिलवस्तुका १९, नवलपरासीका १, रोल्पाका १, रूपन्देहीका १४, दैलेखका ५, रुकुमका १, सुर्खेतका १, दार्चुलाका २, डोटीका ४६, कैलालीका १ तथा कञ्चनपुरका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, काठमाडौं उपत्यकामा मंगलबार थप २ सय ५ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार मात्रै थप सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे, मोरङ, धनुषा, बाँके र कास्कीका एक/एक जना पुरुष रहेका छन् भने तनहुँकी एक महिला रहेकी छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ ।

यस्तै, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म १७ हजार ५ सय ८० जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर १० हजार ५ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् । हाल १३ हजार ९ सय २६ जना क्वारेन्टिनमा बस्दै आएका छन् ।

११८ जना आइसियू र आठ जना भेन्टिलेटरमा
देशभर १ सय २६ जना आइसियू र भेन्टिलेटरमा उपचाररत रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ सय १८ जना आइसियूमा र आठ जना भेन्टिलेटरमा उपचाररत छन् । जसअन्तर्गत प्रदेश १ मा चार जना, प्रदेश २ मा ४६ जना, बाग्मती प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १० जना आइसियूमा उपचाररत छन् ।

यस्तै, बाग्मती प्रदेशमा आठ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर २ हजार ८ सय ८७ जना होम आइसोलेसनमा रहेको बताइएको छ । राजधानी दैनिक