२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

पर्वतमा रासायनिक मल अभाव, किसान चिन्तित

पर्वतमा रासायनिक मल अभाव, किसान चिन्तित
अ अ+ अ-

पर्वत । पर्वतमा किसानले अन्नबालीमा प्रयोग गर्ने रासायनिक मलको अभाव भएको छ । लामो समयसम्म भएको लकडाउन र नेपालका मुख्य डिपोमा पनि भण्डारण सकिएकाले मलको चरम अभाव भएको कृषि सामग्री केन्द्र पर्वतले जनाएको छ । मकै छर्ने बेलामा सहकारीमार्फत रासायनिक मल पाएका किसानले धान, कोदो बालीमा मल राख्न पाएका छैनन् । लामो लकडाउनका कारण सहकारीमा मल पाउन छाडेको छ । बजारमा किन्न जाँदा पनि पाइँदैन । रोपेको धानमा युरिया मल छर्न नपाउँदा बोट पहेँलो भएर मर्न लागेको किसानले गुनासो गर्न थालेका छन् । 

कोरोनाका कारण बाली लगाउँदादेखि नै समस्या भोग्दै आएका किसानले सलहको समस्यासमेत भोगे । अहिले फेरि मलको समस्या शुरु भएको छ । धानमा मल छर्न नपाएकाले किसान बाली घट्ने चिन्तामा परेका छन् । पर्वत र बागलुङका लागि मल उपलब्ध गराउँदै आएको कृषि सामग्री केन्द्र पर्वतले युरिया मल कहिलेसम्म आउँछ भन्ने यकिन नभएको बताएको छ । विशेषगरी यतिबेला धान कोदो गोडमेल गरेर मल राख्ने समय हो ।
 
लकडाउनको बेला पनि किसानलाई मल आपूर्ति गर्दै आएको कृषि सामग्री केन्द्रमा अहिले मल नै छैन । केन्द्रका प्रमुख नारायणप्रसाद शर्माले वीरगन्जस्थित डिपोमै मल नै नभएका कारण पर्वतमा आपूर्ति हुन नसकेको बताए । उनले साउनदेखि नै निरन्तररूपमा माग गरे पनि भारतबाटै आपूर्ति रोकिएको हुनाले मुख्य डिपो रित्तिएको बताए । पर्वतस्थित कृषि सामग्री केन्द्रले वैशाख, जेठ र असारमा ५४३ टन मल वितरण गरेको थियो । यसमा युरिया ३३९.८ टन र डिएपी १४१.१५० टन वितरण गरेको थियो । विभिन्न कृषि सहकारीमार्फत केन्द्रले मल बिक्री वितरण गर्दै आएको छ ।

जिल्लामा मल नपाएपछि कतिपयले भारतीय सीमा नाकाबाट समेत खरिद गरेर छरेका छन् तर अहिले नाकामा कडाइ र पुनः बन्दाबन्दी शुरु भएपछि भारतीय बजारबाट समेत मल ल्याउन सहज छैन । बजारमा युरिया अभाव भइरहेको बेला अल्मुनियम सल्फेट प्रयोग गर्न थालिएको छ । बजारमा एग्रोभेटहरुले युरिया नपाइएपछि अल्मुनियम सल्फेट किसानलाई बिक्री गर्न थालेका छन् । कृषि प्राविधिकका अनुसार युरियामा भन्दा अल्मुनियम सल्फेटमा नाइट्रोजनको मात्रा आधा कम हुन्छ । युरियाभन्दा यो महङ्गोसमेत पर्छ । मात्रा मिलाएर छर्न नजान्दा कतिपय किसानको लगानी खेर गएको कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले बताए ।

“युरिया एक किलो छर्ने ठाउँमा अमुनियम सल्फेट दुई किलो छर्नुपर्छ”, रेग्मीले भने, “किसानले मात्रा बढाउने सल्लाह नपाउँदा अल्मुनियम सल्फेट बेकामे भएको गुनासो सुन्ने गरिएको छ ।” अनुकूल मौसमका कारण यस वर्ष धान उत्पादन बढ्ने ज्ञान केन्द्रको अनुमान थियो तर मल अभावले अनुमान गरेअनुसार उत्पादन बढ्ने देखिन्न । कृषि ज्ञान केन्द्रका अनुसार पर्वतमा रहेको करिब २८ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये १० हजार हेक्टर जमिनमा धानखेती गरिँदै आएको छ ।