• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा ★   विपक्षी दलहरुको बैठकमा बोलाइएपछि माधव नेपाल संकटमा ! ★   कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक, माधव नेपाललाई पनि निम्तो ★   सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको ठहर ★   मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै ★   १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ :… ★   आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह ★   प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने ★   प्रतिनिधि सभाको बैठक आज बस्दै, के गर्ला कांग्रेसले ? ★   विधिमा होइन, बलमिच्याइँमा संसद्

चीनले सिरियालाई ४ हजार टन चामल पठायो



दमासकस । चीनले सिरियालाई करिब ४ हजार टन चामल सहयोग गरेको छ । मानवीय सहायतास्वरुप पठाएको सो चामल आइतबार सिरियाले प्राप्त गरेको हो । सिरियामा पछिल्लो समयमा द्धन्द्ध तथा खडेरीका कारणले खाद्य संकट परेको बताइएको छ । त्यसैले चीनले यसअघि पनि सिरियालाई खाद्यान्न सहयोग गर्दै आएको छ । पछिल्लो समयमा ४ हजार टन चामल पठाएको र सिरियाको राजधानी दमासकसमा सो चामल प्रदान गरिएको थियो ।  

आइतबार दमासकसमा आयोजना गरिएको एक कार्यक्रममा सिरियाका लागि चिनियाँ राजदूत फेङ बियाओले सिरियाको रेडक्रसका प्रमुख खालिद एचबोउटीलाई सो सामान हस्तान्तरण गरेका थिए । त्यस अवसरमा सिरियाली रेडक्रसका प्रमुख खालिदले चीन सरकारलाई धन्यवाद दिए।

उनले संकटका समयमा चीनले गरेको यो सहयोग अमूल्य रहेको बताए। त्यसैगरी चिनियाँ राजदूत फेङले आगामी दिनमा पनि चीनले यस्तो मानवीयता सहयताको कार्यलाई निरन्तरता दिने बताए ।