१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग

मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग
अ अ+ अ-

संयुक्त राष्ट्रसंघ। संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश तथा क्षेत्रमा जीवनरक्षक सहायता पुर्‍याउन शुक्रबार १६ करोड अमेरिकी डलर आपत्कालीन कोषबाट जारी गरेको छ ।

संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए)का अनुसार आपत्कालीन प्रतिक्रिया कोषबाट १५ करोड डलर अफगानिस्तान, बुर्किना फासो, क्यामरुन, चाड, क्युबा, माली, नाइजर, कब्जामा रहेको प्यालेस्टिनी भूभाग, सोमालिया, दक्षिण सुडान, सुडान र यमनका लागि छुट्याइएको छ ।

त्यसैगरी, यी १२ मानवीय संकटमा रहेका अपांगता भएका व्यक्तिका तत्कालीन आवश्यकताका लागि थप १ करोड डलर छुट्याइएको छ । यसले मानवीय सहायता अझ पहुँचयोग्य र समावेशी बनाउन सहयोग गर्ने ओसीएचएले जनाएको छ ।

यस वर्ष सबैभन्दा गम्भीर मानवीय आवश्यकता भएका ८ करोड ७० लाख मानिससम्म सहायता पुर्‍याउने व्यापक प्रयासअन्तर्गत यो रकम जारी गरिएको हो ।

संयुक्त राष्ट्रसंघका मानवीय मामिला प्रमुख टम फ्लेचरले सहायता पुर्‍याउन आर्थिक सहयोगसँगै राजनीतिक इच्छाशक्ति आवश्यक रहेको बताउनुभएको छ । (रासस/एएफपी)