१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी

अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी
सन्दर्भ तस्बिर
अ अ+ अ-

जेरुसेलम। बेलायत र अमेरिकाका नेताहरूले यसै साता भएका दुई सुरक्षा घटनामा इरानको सम्भावित संलग्नताको संकेत गरेका छन्। तर शुक्रबारसम्म दुवै घटनामा इरानको प्रत्यक्ष भूमिका पुष्टि गर्ने प्रमाण सार्वजनिक भएको छैन।

बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्ने सैन्य विमानस्थल नजिक केही व्यक्तिलाई पक्राउ गरिएको घटना र इजरायलतर्फ गइरहेको विमानको चालक कक्षमा भएको आक्रमणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेका छन्। अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले घटनाको वास्तविक कारणबारे अझै स्पष्ट निष्कर्ष आइसकेको छैन।

बेलायतको सैन्य विमानस्थल नजिक भएको घटनामा प्रहरीले बेलायती तथा इरानी दुवै नागरिकता भएका २५ वर्षीय एक व्यक्तिलाई आतंकवादी आक्रमणको तयारी गरेको आशंकामा पक्राउ गरेको छ। अन्य पाँच जनालाई धरौटीमा रिहा गरिएको छ। प्रहरीले विमानस्थल नजिक रहेका केही गाडीबाट पेट्रोलजस्तो ज्वलनशील पदार्थ भेटिएको जनाएको छ। तर विस्फोटक पदार्थ भने फेला नपरेको बताइएको छ।

इरानले उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ। इरानी अधिकारीहरूले बेलायतसँग घटनाबारे औपचारिक जानकारी मागेका छन्।

यसैबीच, इजरायलतर्फ जाँदै गरेको विमानमा भएको घटनामा पनि इरानको सम्भावित सम्बन्धबारे चर्चा भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहचालकको इरानसँग सम्बन्ध हुन सक्ने संकेत गर्नुभयो। तर घटनाको अनुसन्धानमा संलग्न अधिकारीहरूले अहिलेसम्म इरानसँग सम्बन्ध पुष्टि गर्ने प्रमाण नभेटिएको बताएका छन्।

सम्बन्धित घटनामा इरानको भूमिका रहेको दाबी पुष्टि भएमा त्यसले क्षेत्रीय सुरक्षा अवस्थाबारे थप प्रश्न उठाउन सक्ने विश्लेषण गरिएको छ। अहिले दुवै घटनाबारे अनुसन्धान जारी रहेको छ। रासस