१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न

फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न
अ अ+ अ-

तेल अभिभ। इजरायलतर्फ उडिरहेको फ्लाईदुबईको विमानमा भएको घटनापछि सहचालकसँग सम्बन्धित नयाँ विवरण सार्वजनिक भएको छ ।

अधिकारीका अनुसार ती सहचालकलाई यसअघि आफ्नै देश ओमानमा केही चिन्ताका कारण विमान उडाउनबाट रोक लगाइएको थियो ।

समाचारअनुसार ओमानमा उडानमा रोक लगाइएपछि उहाँलाई संयुक्त अरब इमिरेट्समा रहेको फ्लाईदुबईले रोजगारी दिएको थियो । उहाँलाई नियुक्त गर्ने क्रममा गरिएको सुरक्षा जाँच कति विस्तृत थियो भन्ने विषयमा भने अहिलेसम्म स्पष्ट जानकारी सार्वजनिक भएको छैन ।

विमानमा १८२ जना यात्रु रहेका थिए। घटनापछि मध्यपूर्वको हवाई सुरक्षासम्बन्धी विषयमा थप चासो बढेको छ । घटनाको वास्तविक कारण र अन्य पक्षबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेका छन् ।

यसैबीच, संयुक्त अरब इमिरेट्सले इजरायलतर्फ हुने सबै व्यावसायिक उडान स्थगित गरेको छ । यसका कारण संयुक्त अरब इमिरेट्समा रोकिएका यात्रुलाई स्वदेश फर्काउन इजरायल र संयुक्त अरब इमिरेट्सले विशेष उडान सञ्चालन गर्न थालेका छन् ।

पहिलो विशेष उडान शुक्रबार राति संयुक्त अरब इमिरेट्सबाट प्रस्थान गरी शनिबार बिहान तेल अभिभ पुगेको थियो । अन्य विमान कम्पनीहरूले पनि यात्रु फिर्ता ल्याउन विशेष उडान सञ्चालन गर्ने तयारी गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाबारे प्राप्त प्रारम्भिक जानकारीमा इरानसँग सम्भावित सम्बन्ध देखिएको बताउनुभएको छ । तर अनुसन्धानमा संलग्न एक इजरायली अधिकारीका अनुसार अहिलेसम्म आक्रमणकारीको इरानसँग सम्बन्ध रहेको पुष्टि गर्ने प्रमाण सार्वजनिक भएको छैन ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सहचालक अतिवादी विचारबाट प्रभावित भएको दाबी गर्नुभएको छ । यद्यपि, उक्त दाबी पुष्टि गर्ने ठोस प्रमाण भने सार्वजनिक गरिएको छैन ।  (रासस/एपी)