१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित
अ अ+ अ-

बागलुङ। बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत सन्दीप रेग्मी बाढीपछि विद्यालय जान सकेका छैनन् ।

यही असोज ११ गते निसीखोलामा आएको बाढीले बगर बनाएको आफ्नो घर भएको स्थान हेरेर टोलाइरहेका सन्दीपमा देखिएको यो अन्योल यतिबेला बागलुङका हजारौँ विद्यार्थीमा देखिएको छ । उनको न त घर छ, न त कापी-कलम र किताब नै । विद्यालय पनि बाढीले क्षति पुर्‍याएको छ ।

आँखैअगाडि घर, विद्यालय, सडक र विभिन्न संरचना बाढीले बगाएको, पहिरोले पुरेको देखेका यहाँका बालबालिकामा अझै पनि खोला बढ्छ कि, पहिरो खस्छ कि भन्ने त्रास कायमै छ । यही असोज ८ गतेदेखि ११ गतेसम्म आएको वर्षाका कारण बागलुङका चार स्थानीय तहका एक हजारभन्दा बढी बालबालिका प्रभावित भएका छन् ।

बागलुङको निसीखोला गाउँपालिकामा बाढी तथा बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका र ताराखोला गाउँपालिकामा पहिरोका कारण एक हजार २९७ जना बालबालिका प्रभावित भएका ताराखोला गाउँपालिकाका सहायक शिक्षा अधिकृत युवराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोबाट ताराखोलाका पाँच विद्यालयमा क्षति पुग्दा ८४५ जना बालबालिका प्रभावित भएका छन् ।

पहिरोका कारण ताराखोला-५ का तीनवटा र वडा नं ४ का दुई वटा विद्यालयका भौतिक संरचनामा क्षति पुगेको शिक्षा अधिकृत शर्माले जानकारी दिनुभयो । दुई सय ५० जना बालबालिकाले अध्ययन गर्दै आएका वडा नं ५ को दुर्गाभवानी माध्यमिक विद्यालयको विज्ञान प्रयोगशाला पूर्ण रूपमा पहिरोमा पुरिएको छ भने अन्य संरचनामा समेत क्षति पुगेको छ ।

त्यसैगरी सोही वडाका ७५ जना बालबालिकाले अध्ययन गर्दै आएको त्रिशूली प्राथमिक विद्यालय र ४५ जना बालबालिकाले अध्ययन गर्दै आएको लावाङ प्राथमिक विद्यालयमा पहिरोले क्षति पुर्‍याएको छ । वडा नं ४ का ५५ बालबालिकाले अध्ययन गर्दै आएको युवावर्षा प्राथमिक विद्यालय र ४२० बालबालिकाले अध्ययन गर्दै आएको नेपाल माध्यमिक विद्यालयमा पहिरोले क्षति पुर्‍याएको शर्माको भनाइ छ ।

पहिरोले क्षति पुगेका पाँचमध्ये दुई विद्यालयमा वैकल्पिक स्थानको खोजी गरेर पठनपाठन सुरु गरिएको जनाउँदै नेपाल माध्यमिक विद्यालय, लावाङ प्राथमिक विद्यालय र दुर्गाभवानी माध्यमिक विद्यालयमा भने पठनपाठन सुरु गर्न नसकिएको शर्माले बताउनुभयो ।

त्यसैगरी बाढीका कारण निसीखोला गाउँपालिका–४ को झिवाखोलास्थित एउटै विद्यालयका ३७० बालबालिका प्रभावित बनेका छन् । बोहोरागाउँ लिटिल रोज इङ्लिस बोर्डिङ स्कुलमा निसीखोलामा आएको बाढीले क्षति पुर्‍याउँदा यहाँ अध्ययन गर्दै आएका बालबालिका प्रभावित बनेका विद्यालय व्यवस्थापन समितिका सदस्य मिलन हमालले जानकारी दिनुभयो ।

बाढीले विद्यालयको संरचनामा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण क्षति पुगेको विद्यालयको भवन तत्काल सञ्चालनमा ल्याउन सकिने अवस्था नभए पनि वैकल्पिक व्यवस्थापन गरेर छिट्टै कक्षा सञ्चालन गरिने हमालले बताउनुभयो ।

हावाहुरी र पहिरोका कारण बडिगाड गाउँपालिकाका दुई विद्यालयका ७० बालबालिका प्रभावित भएका छन् । गाउँपालिकाको वडा नं ५ स्थित ३० बालबालिकाले अध्ययन गर्दै आएको भिरकटेराताल प्राथमिक विद्यालय र वडा नं ३ सिसाखानीका ४० बालबालिकाले अध्ययन गर्दै आएको कञ्चनादेवी प्राथमिक विद्यालयमा हावा र पहिरोले क्षति पुर्‍याएको छ । तत्कालका लागि बालबालिकालाई स्थानीय घर र सामुदायिक भवनमा व्यवस्थापन गरेर पठनपाठन गराउने तयारी गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कुलराज घिमिरेले जानकारी दिनुभयो ।

पहिरोका कारण तमानखोला गाउँपालिकाको एक बालविकास केन्द्रमा पनि क्षति पुगेको छ । वडा नं ४ को सन्तर बालविकास केन्द्रको भवनमा पहिरोले क्षति पुर्‍याउँदा यहाँका ११ बालबालिका प्रभावित बनेका छन् । भवन अझै पनि पहिरोको जोखिममै रहेकाले बालबालिकालाई तत्काल उक्त स्थानमा लैजाने अवस्था नभएको गाउँपालिकाका विपद् व्यवस्थापनका स्रोत व्यक्ति मुना विश्वकर्माले बताउनुभयो । रासस