१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा

भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु
अ अ+ अ-

म्याग्दी। भूगर्भविद्हरूको टोलीले आजदेखि म्याग्दीका पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन थालेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवडासहितको प्राविधिक टोलीले पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन थालेको हो ।

टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।

“नगरपालिकाको सिफारिस र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार शुक्रबार बेनीमा आउनुभएका भूगर्भविद् र प्राविधिकको टोलीले आजदेखि नै अध्ययन सुरु गर्नुभएको छ”, उहाँले भन्नुभयो, “बेनी बजारसहित नगरपालिका र जिल्लाका सबै जोखिमयुक्त क्षेत्रको प्राविधिक अध्ययन गर्ने योजना रहेको छ ।”

टोलीले दिने सिफारिसको आधारमा पहिरो प्रभावित क्षेत्रमा अल्पकालीन र दीर्घकालीन रोकथामका काम गरिने नगरप्रमुख केसीले बताउनुभयो ।

पहिरोको अवस्था र माटोको बनोटको अवस्था आँकलन गर्न ड्रोनबाट तस्बिर लिनुका साथै पहिरो खसेको स्थानबाट ढुङ्गा तथा माटोका नमूना सङ्कलन गरी वैज्ञानिक अध्ययन अघि बढाइने भूगर्भविद् एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक चम्पकबाबु सिलवालले बताउनुभयो ।

“विभिन्न विधि र उपकरणको प्रयोगका साथै स्थलगत निरीक्षण गरेर पहिरो गएका क्षेत्रहरूको अध्ययन थालेका छौँ”, उहाँले भन्नुभयो, “काठमाडाँैबाट आएका चार, स्थानीय तहका प्राविधिक र भूगर्भविज्ञान अध्ययन गरेका स्थानीय जनशक्तिको तीन वटा समूह बनाएर पहिरोको अध्ययन थालेका छौँ ।”

भूगर्भविद्को टोलीले स्थलगत अध्ययन तथा सङ्कलित नमुनाको विश्लेषण गरी सरकारलाई प्राविधिक प्रतिवेदन बुझाउनेछ । गत हप्ताको वर्षापछिको पहिरो र बाढीका कारण म्याग्दीमा सात जनाको मृत्य, दुई जना बेपत्ता, २०० भन्दा बढी घरगोठमा पूर्ण क्षति र दर्जनौँ गाउँका बासिन्दा विस्थापित भएका छन् ।

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले शुक्रबारसम्म १११ घरमा पूर्ण क्षति, ९३ घरमा आंशिक क्षति र ३४२ घर जोखिममा परेका जानकारी दिनुभयो । यो विवरण अझै थपिन सक्ने उहाँले बताउनुभयो ।

असोज ८ देखि ११ गतेसम्मको झरिपछिको बाढी पहिरोका कारण म्याग्दीका मुख्य सडक, विद्युत् र सञ्चार सुविधा अवरुद्ध हुँदा जनजिवन प्रभावित बनेको छ । अवरुद्ध बनेका यातायात, सञ्चार र विद्युत् सुचारु गराउने प्रयास भइरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो । रासस