१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत

दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत
अ अ+ अ-

नवलपरासी। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का अनुसार १८ जना यात्रु लिएर नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश-३-०१-००६ ख १५५३ नम्बरको यात्रुवाहक बस आज बिहान विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेस्थित एसमोडमा पल्टिएको थियो ।

दुर्घटनामा अन्य १२ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले राससलाई जानकारी दिनुभयो ।

पण्डितका अनुसार दुर्घटनामा परी बसका चालक बाँकेको खजुरा गाउँपालिका-२ का ३६ वर्षीय सुरेश बिसी, कोहलपुर नगरपालिका-३ का ३२ वर्षीय दीपेन्द्र केसी, कोहलपुर-१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी, नेपालगञ्ज उपमहानगरपालिका-७ का २२ वर्षीय कृष कनौजिया, जाजरकोटको भेरिगङ्गा नगरपालिका-३ का ५० वर्षीय निर्जुङ गुरुङ र बाजुराको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरीको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका १२ जना यात्रुमध्ये मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा प्रारम्भिक स्वास्थ्य उपचारपश्चात् आठ जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक पण्डितले मध्यविन्दु प्रादेशिक अस्पतालले जनाएको बताउनुभयो ।

अस्पतालद्वारा आज दिउँसो जारी विज्ञप्तिअनुसार अन्य चार जना घाइतेको भने मध्यविन्दु अस्पतालमा भर्ना गरी उपचार तथा स्वास्थ्य निगरानीमा राखिएको छ ।

अस्पतालमा भर्ना भएका बिरामीको आवश्यक उपचार तथा स्वास्थ्य निगरानी चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा निरन्तर भइरहेको भन्दै थप विशेषज्ञ उपचार आवश्यक देखिएका बिरामीलाई आवश्यकताअनुसार सम्बन्धित स्वास्थ्य संस्थामा पठाइएको अस्पतालले जनाएको छ । रासस