१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’

‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’
अ अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले नेवार समुदाय, मौलिक परम्परा र संस्कृतिप्रतिको गहिरो लगाव व्यक्त गर्दै आफूलाई ‘जगदीश खरेल नेवार’ का रूपमा चिनाउने धोको रहेको बताउनुभएको छ ।

ज्यापू समाजको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विधान र परम्पराले दिएमा आफूलाई कुनै अधिकारबिनाको केवल कर्तव्य निर्वाह गर्ने ‘मानार्थ सदस्य’ बनाउन नेतृत्वसमक्ष प्रश्ताव राख्नुभएको हो । ललितपुरमा आयोजित ज्यापू समाजको औपचारिक कार्यक्रममा बोल्दै सांसद खरेलले नेवारी कला र संस्कृतिसँग आफ्नो पुरानो भावनात्मक सम्बन्ध रहेको बताउनु भयो । समाजको विधान, नियम र परम्परागत प्रक्रियाले मिल्ने भए आफूलाई मानार्थ सदस्यका रूपमा स्वीकार्न उनले ज्यापू समाजका अध्यक्ष तथा पदाधिकारीहरूसँग आग्रह गर्नुभयो । उहाँले नियम र परम्पराले दिए ‘जगदीश खरेल नेवार’ का रूपमा समाजको सेवा गर्न आफू पूर्ण रूपमा तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब त जगदीश खरेल मात्र होइन, जगदीश खरेल नेवार भनेर चिनिन मन छ । यहाँहरूको विधान, नियम, कानून र प्रक्रियाले मिल्छ कि मिल्दैन, मलाई थाहा छैन। तर एउटा सानो लोभ छ,कर्तव्य निर्वाह गर्नका लागि भएपनि ज्यापु समाजको मानार्थ सदस्य बन्न पाए कति गजब हुन्थ्यो होला । मलाई कुनै अधिकार चाहिँदैन । बरु मानार्थ सदस्य बनाएर बेलाबेलामा, “तिमी त समाजको सदस्य हौ, यो काम किन गरेनौ ? भनेर गाली गर्ने अधिकार यहाँहरूलाई होस् । अध्यक्ष बन्ने चाहना छैन, तर समाजप्रतिको कर्तव्य निर्वाह गर्ने अवसर भने चाहन्छु । त्यसैले अध्यक्षज्यू र सम्पूर्ण पदाधिकारीज्यूहरूको उपस्थितिमा आज यो कुरा खुलेर राखेको छु, यदि यहाँहरूको नियम, संस्कृति, परम्परा र प्रक्रियाले मिल्छ भने, जगदीश खरेल नेवारलाई मानार्थ सदस्य र कर्तव्यमा प्रतिवद्ध सदस्यका रूपमा स्वीकार गरिदिनुहोस्। म त्यसका लागि अत्यन्त आभारी हुनेछु । ज्यापु समाज र यहाँका अग्रजहरूसँग मेरो सम्बन्ध आजको होइन। ललितपुरको कला र संस्कृतिप्रति मेरो सधैँ गहिरो सम्मान छ । कृष्णलाल महर्जन ‘बा’प्रति मेरो विशेष सम्मान छ । चन्द्र दाइसँग आत्मीय सम्बन्ध छ, प्रेमबहादुर महर्जन मान्यज्यूसँग पनि उत्तिकै आत्मीयता छ । र चिरिबाबु महर्जनसँगको मेरो आत्मीयता त झन् विशेष छ । यी सम्बन्धहरू मेरा लागि केवल व्यक्तिगत सम्बन्ध होइनन्,ललितपुरको कला, संस्कृति र समुदायसँग जोडिएको मेरो भावनात्मक सम्बन्ध हो ।’

सांसद खरेलले आफ्नो कर्मभूमि ललितपुरको कला, संस्कृति र अमूर्त सम्पदाको संरक्षणमा आफूले सक्दो पहल गर्ने बताउनु भयो । उहाँले ललितपुरको विकास र सम्पदा संरक्षणका लागि आफूले संसदमा सशक्त भुमिका खेल्ने र आगामी हिउँदे अधिवेशनमार्फत अमूर्त सम्पदा सम्बन्धी विधेयक अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । सांसद खरेलले ललितपुरलाई कला र संस्कृतिको जीवन्त शहरको रूपमा परिभाषित गर्दै यहाँको सम्पदाको जगेर्ना गर्न समुदायको सहभागिता अनिवार्य रहेको बताउनु भयो । उहाँले हालसम्म नेपालमा अमूर्त सम्पदा सम्बन्धी ऐन नहुँदा सांस्कृतिक पर्व, जात्रा र परम्पराको संरक्षणमा कठिनाइ भइरहेको भन्दै, नयाँ विधेयकमा राज्यको तर्फबाट आर्थिक व्यवस्थापन र स्थानीय समुदायको निर्णायक भूमिका रहने गरी कानून बनाउन पहल गरिरहेको बताउनु भयो ।

उहाँले ललितपुरको पर्यटन प्रवद्र्धनका लागि ‘ललितपुर कन्क्लेभ’को अवधारणा अघि सार्नुभयो । उनले पाटनका ऐतिहासिक विभूति अरनिकोको जन्मस्थानबारे भइरहेको खोज र अनुसन्धानलाई निष्कर्षमा पु¥याई त्यसलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।

सांसद खरेलले आफ्नो राजनीतिक यात्राभन्दा बढी समय ललितपुरको पाटन क्षेत्रमा व्यतीत भएको स्मरण गर्दै आफूमा नेवार समुदायप्रति विशेष आत्मीयता रहेको बताउनु भयो ।

उहाँले ज्यापु समाजको मानार्थ सदस्य बन्ने आफ्नो इच्छा प्रकट गर्दै अधिकारभन्दा पनि कर्तव्य निर्वाह गर्ने थलोको रूपमा आफूलाई उभ्याउन चाहेको उल्लेख गर्नुभयो । –न्युज एजेन्सी नेपाल