२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी

लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर

लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर
अ अ+ अ-

किर स्टार्मरले शुक्रबार पहिलो पटक बेलायतको प्रधानमन्त्रीका रूपमा डाउनिङ स्ट्रिटमा प्रवेश गर्नुभयो र मुलुकको भाग्य पुन:स्थापित गर्नका लागि तत्काल कारबाही चाल्ने वाचा गर्नुभयो ।

ऋषि सुनकको कन्जरभेटिभहरूको १४ वर्षको शासन अन्त्य गर्दै लेबर पार्टीका नेता स्टार्मरले आम निर्वाचनमा भारी जित हासिल गर्नुभएको छ ।

राष्ट्रप्रमुख राजा चार्ल्स तृतीयको सरकार गठनको अनुरोध स्वीकार गर्दै उहाँले डाउनिङ स्ट्रिटबाहिर पत्रकारहरूलाई भन्नुभयो, “परिवर्तनको काम तुरुन्त सुरु हुन्छ तर हामी बेलायतको पुनर्निमाण गर्नेछौँ भन्नेमा कुनै सन्देह नगर्नुहोस् ।”

एकसठ्ठी वर्षीय पूर्वमानवअधिकार वकिल प्रमुख राज्य अभियोजक स्टार्मरले सुनकलाई धन्यवाद दिनुभयो । सुनकलाई लिज ट्रसको विनाशकारी कार्यकालपछि सन् २०२२ अक्टोबरमा टोरी नेता तथा प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो ।

“हाम्रो मुलुकको पहिलो ब्रिटिस–एसियाली प्रधानमन्त्रीका रूपमा उहाँको उपलब्धि, त्यसका लागि आवश्यक पर्ने अतिरिक्त प्रयासलाई कसैले पनि कम आँक्नु हुँदैन”, उहाँले भन्नुभयो, “हामी आज उहाँलाई धन्यवाद दिन्छौँ, हामी उहाँको नेतृत्वमा गरिएको समर्पण र कडा परिश्रमलाई पनि मान्यता दिन्छौँ ।”

स्टार्मर र उहाँकी श्रीमती भिक्टोरिया बकिङ्घम प्यालेस आइपुग्दा झन्डा फहराउँदै डाउनिङ स्ट्रिटतर्फ उभिएका लेबर समर्थकहरूलाई उहाँहरूले हात मिलाउँदै चुम्नुभयो ।

बेलायतीहरू घट्दो सार्वजनिक सेवाहरू, उच्च मूल्य र राजनीतिज्ञहरूका कोरा प्रतिज्ञाहरूबाट थाकेको अवस्थामा स्टार्मरले डरलाग्दो कार्यसूचीको सामना गर्नुपरेको छ ।

उहाँले भन्नुभयो, “सरकारले ‘देश पहिला, पार्टी दोस्रो’ राख्नेछ ।” सार्वजनिक विश्वासलाई घटाएका टोरीजअन्तर्गतका स्क्यान्डलहरूको उत्तराधिकारपछि उहाँले ‘राजनीतिको सम्मान’ पुन:स्थापित गर्ने वाचा गर्नुभयो ।

यद्यपि उहाँले तत्काल रूपान्तरणको उच्च अपेक्षामाथि काबु पाउने प्रयास गर्नुभयो । “कुनै पनि मुलुकलाई परिवर्तन गर्न स्विच दबाएजस्तो हुँदैन”, उहाँले भन्नुभयो, “संसार अहिले धेरै अस्थिर ठाउँ भएको छ, यसमा थोरै समय लाग्नेछ तर रूपान्तरणको काम तुरुन्त सुरु हुनेछ भन्नेमा कुनै शङ्का नगर्नुहोस् ।” रासस