२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप २४० जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । शनिबार देशभर २ सय ४० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोराना सङ्क्रमितको कूल सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको छ।   

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शनिबार थप ४ सय ७७ जना निको भएसंगै कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६१ हजार ४४  पुगेको छ।

मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्युसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ५४ पुगेको छ।