२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की

सोमबार पहिलो घण्टामा नेप्से परिसूचक १४.४८ अंकले बढ्यो

सोमबार पहिलो घण्टामा नेप्से परिसूचक १४.४८ अंकले बढ्यो
अ अ+ अ-

काठमाडौं । सोमबार नेप्से परिसूचक १४.४८ अंकले बढेको छ । बजार २ हजार ३३३ दशमलव ८८ विन्दुबाट शुरु भएको कारोबार पहिलो घण्टामा शून्य दशमलव ६३ प्रतिशतले बढेको हो ।  यस अवधिसम्म २ हजार ३२९ दशमलव ४८ विन्दुमा पुगेको छ ।    

पहिलो घण्टाको अवधिमा १९५ ओटा कम्पनीको १३ हजार ४४२ पटकको कारोबारमा २८ लाख ८४ हजार ४४६ कित्ता शेयरको रू. १ अर्ब ४७ करोड ८१ लाख १५ हजार बराबरको खरीदविक्री भएको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये जलविद्युत समूहको परिसूचक शून्य दशमलव १६ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, वित्त, निर्जीवन बीमा उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।

कारोबारको पहिलो घण्टामा सिभिल लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै, स्वाभिमान लघुवित्त, गुराँस लघुवित्त, सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेण्ट बैंक, हाइड्रोइलेक्ट्रीसिटी एण्ड इन्भेष्टमेण्ट र बरुण हाइड्रोपावरकोे शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

यस अवधिसम्म नेपाल दूरसञ्चार कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ । कम्पनीको कुल रू. १० करोड ६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ३६४ मा कारोबार भइरहेको छ ।