२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

फोन स्क्रिनबाट स्कार्चहरू हटाउनका लागि ५ उपायहरू

फोन स्क्रिनबाट स्कार्चहरू हटाउनका लागि ५ उपायहरू
अ अ+ अ-

काठमाडौं । जब तपाई नयाँ फोन किनुहुन्छ, तपाई अबस्य पनि यसको स्टाइलिश, डिजाइन र फिचरहरू देखेर आकर्षित भएर मरिमेट्नु हुन्छ। तपाईले सोचेको फोन तपाईको हातमा भएको बेला रमाइलो महसुुुस गर्नुहुन्छ । यद्यपि त्यस रमाईलोको साथमा केही डर पनि रहन्छ , कतै स्क्रिनमा स्क्रयार्च त लाग्दैन । फोनमा पहिलो स्क्र्याच हुँदा यो पिडादायी हुन्छ । तर त्यसपछि कति धेरै स्क्र्याच लाग्छ र पूरै स्क्रिन फोहर देखिन्छ। यो हेर्दा हेर्दै बिस्तारै बानी पर्न थाल्छ ।

यति धेरै स्क्रायाचपछि तपाईर्ला आफ्नो फोन चलाउन नि मन लाग्न छोड्छ । चाहेर पनि स्क्रिन फेर्न बाहेक तपाईसँग अरु केहि उपाय हुँदैन । स्क्रिन फेर्न पनि उस्तै महङ्गो भएकोले तपाईलाई फोन चलाउन नै दिक्क लाग्न सक्छ । तर तपाईलाई आज स्क्रयाच हटाउने उपायको बारेमा जानकारी दिनेछौं ।  यसले नयाँ जस्तो त हुँदैन तर फोनको स्क्रिन भने सफा बनाउँछ । 

१) म्याजिक इरेजर : तपाईको फोनको स्क्रिनबाट स्क्रयाच हटाउने उपायहरु धेरै छन्, ती मध्य सबैभन्दा उपयुक्त उपाय म्याजिक इरेजर हो । खासगरि यो इरेजरले गंध भगाउने काम गर्छ तर सानतिनो स्क्रिनमा स्क्रयाच लागेको हटाउन यसले विषेश मद्दत गर्छ । यसको प्रयोग गर्दा तपाईले सावधानी अपनाएर गर्नुपर्ने हुन्छ । 

२) कार वाक्स : पक्कै पनि तपाईले कार वा बाइक स्कुटीलाई टल्काउनको लागि कार वाक्स प्रयोग गरेको हुनुपर्छ । यो वाक्सले पनि स्क्रिनको स्क्रयाच हटाउन केहि हदसम्म उपयोगी रहन्छ । वा केवल यो पनि भन्न सक्नुहुन्छ कि यो सबैभन्दा प्रभावकारी हुन्छ । तपाईको फोनको स्क्रिनमा थोरै पोलिस लिएर कपासले सफा गरेरकेहि समयको लागि सुक्न छोड्नुहोस् र त्यसपछि यसलाई सफा कपासले क्लिन गर्नुहोस् । त्यस पछि हेर्नुहोस् तपाईको फोनको स्क्रिन टल्किन्छ र धेरै स्क्रयाचहरू गायब हुन्छन्।

३) टुथपेस्ट : के तपाईले कहिल्यै सोच्नुभएको छ कि जुन टुथपेस्टले हरेक बिहान तपाईको दाँत उज्यालो बनाउँछ त्यसले तपाईको फोन सफा गर्न पनि मद्दत गर्दछ। हो, पूर्णरूपमा त हैन, तर केहि स्क्र्याचहरु टुथपेस्टबाट पनि हटाउन सकिन्छ। यसको लागि, तपाईले पहिले कटनमा थोरै टूथपेस्ट लिनुपर्नेछ र त्यसपछि पूरै स्क्रिनमा राम्रोसँग लगाउनुहोस्।

याद गर्नुहोस् स्पीकरमा नलाग्ने गरि सफा गर्ने प्रयास गर्नुहोस्। केहि समय पछि कपासले सबै स्क्रिन सफा गर्नुहोस्। तपाईको फोनबाट केहि स्क्र्याचहरू हराएको देख्नु हुनेछ । यसमा जेल टुथपेस्ट प्रयोग नगर्नुहोस्, मात्र सेतो टूथपेस्टको प्रयोग गर्नुहोस्। यदि तपाईले स्क्रिन प्रोटेक्टर लगाउनु भएको छ भने यो उपाय अझ धेरै प्रभावकारी हुनेछ।

४) बेकिंग सोडा : फोनमा भएका स्क्रयाचहरू सफा गर्न बेकिंग सोडा पनि प्रभावकारी उपाय मध्यको एक रहेकोछ। यसका लागि, पहिले तपाईले बेकिंग सोडालाई पानीमा मिसाएर पेस्ट तयार पार्नुहोस्। पेस्टलाई कपासको सहयोगले बिस्तारै स्क्रिनमा लगाउनुहोस् । यसमा पानी भएको कारण सावधानी पूर्वक स्क्रिनमा लगाउनुहोस् । स्क्रिनमा पेस्ट लगाएपछि यसलाई सुकुन्जेल छाड्दिनुस् र सुकिसकेपछि सुतीको कपडाले विस्तारै पुछ्नुहोस् । स्क्रिनबाट सानो-तिनो स्क्रयाचहरु गायब हुन्छन् । 

५) पेंसि​ल इरेज़र : बच्चाहरूले प्रयोग गर्ने पेन्सिलको इरेजरले पनि तपाईको फोनको स्क्रिनबाट स्क्र्याचहरू मेटाउन पनि मद्दत पुग्नेछ । अनि याद राख्नुस् तपाईले प्रयोग गर्न लाग्नु भएको इरेजर राम्रो क्वालिटिको हुन जरुरी छ । सबैभन्दा राम्रो पेन्सिलमा भएको इरेजर नै हो।