• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ उपत्यकामा भोलिदेखि मनसुन सक्रिय हुने ★   ८ बुँदे प्रस्ताव पास गर्दै सकियो राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक ★   उत्तराखण्डको वन्यजन्तु आरक्षणमा आगलागी हुँदा चार वन अधिकारीको मृत्यु ★   व्यास नगरपालिकाका मेयरको मतगणना तत्काल नगर्न आदेश ★   सय दिनमा गृहमन्त्री लामिछानेले के–के काम गरे ? (पूर्णपाठ) ★   सय दिन पुगेको अवसरमा गृह मन्त्रालयले सञ्चालनमा ल्यायो ‘एक्सन एण्ड कन्ट्रोल’ रुम ★   सहकारीको नियमनका लागि शक्तिशाली आयोग गठन गर्ने निर्णय आगामी मन्त्रिपरिषद्ले गर्छ: मन्त्री अधिकारी ★   पदमुक्त भए गण्डकीका मन्त्री देवकोटा ★   ३७ वर्षपछि न्युजिल्यान्ड समूह चरणबाटै बाहिरियो, टी–२० विश्वकपमा भने पहिलोपटक ★   २०८३ चैतसम्म काठमाडौँ–तराई/मधेस द्रुतमार्गबाट सवारी गुड्छन्: मन्त्री उप्रेती

साताको दोस्रो दिन सोमबार १७.३१ अंकले बढ्यो नेप्से, परिसूचक बढेपनि कारोबार रकम भने घट्यो



काठमाडौं । सोमबार शेयर बजार १७.३१ अंकले बढेर २ हजार ३३२ दशमलव ३२ विन्दुमा बन्द भएको छ । सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ५६ अंक बढेर १४२ दशमलव ९१ विन्दुमा पुगेको छ ।

यस दिन नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । आइतबार २ हजार ३१५ विन्दुमा बन्द भएको बजार सोमबार २ हजार ३३३ दशमलव ८८ विन्दुदेखि खुला भएको थियो । आइतबार रू. ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार बराबरको १ करोड ५० लाख ३५ हजार २२१ कित्ता शेयर कारोबार भएकोमा सोमवार रू. ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार बराबरको १ करोड ५४ लाख ९६ हजार ७१४ कित्ता शेयर कारोबार भएको हो । 

यो कारोबार २०७ ओटा कम्पनीको ५१ हजार ८१३ पटकको व्यापारमा भएको हो । यस दिन सिभिल लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने यो बाहेक १७ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ ।

विशाल बजार कम्पनीको ९ दशमलव ९८ प्रतिशत, गोर्खाज फाइनान्सको ९ दशमलव ९८ प्रतिशत, नारायणी डेभलपमेण्ट बैंकको ९ दशमलव ९६ प्रतिशत, आरम्भ चौतारी लघुवित्त, सामूदायिक लघुवित्त, समिट लघुवित्त र गुराँस लघुवित्तको ९ दशमलव ९५ प्रतिशत, हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी, तारागाउँ रिजेन्स होटल र कर्पोरेट डेभलपमेण्ट बैंकको ९ दशमलव ८७ प्रतिशतले शेयरमूल्य बढेको  छ ।

त्यस्तै, नेपाल फाइनान्सको ९ दशमलव ७६ प्रतिशत, प्रभु लाइफको ९ दशमलव ७३ प्रतिश, बरुण हाइड्रोको ९ दशमलव ६८ प्रतिशत, कामना सेवा विकास बैंकको ९ दशमलव ६७ प्रतिशत, प्रोग्रेसिभ फाइनान्सको ९ दशमलव ४९ प्रतिशत र छ्याङ्दी हाइड्रोको ९ दशमलव ०९ प्रतिशतले शेयरमूल्य बढेको हो । 

यस दिन प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त बैंकको रू. ३३ करोड ४६ लाख ९४ हजार बराबरको शेयर कारोबार भएको हो । त्यस्तै समृद्धि फाइनान्सको शेयरमूल्य सर्वाधिक ४ दशमलव १४ प्रतिशतले घटेको छ । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७ ले घटेर अन्तिम मूल्य रू. १६२ कायम भएको छ ।