• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

बच्चन परिवारका अभिषेक बाहेक सबैले लगाए कोरोना भ्याक्सिन



एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनले कोरोना भाइरसविरुद्ध खोपको पहिलो डोज लगाएका छन् । ७८ वर्षीय बच्चनले बिहिबार राति सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका छन् । यस्तै उनले अभिषेक बच्चनबाहेक परिवारका सबैले कोरोना विरुद्धको खोप लगाएको जनाएका छन् । 

खासगरी अभिषेक बच्चन उत्तर प्रदेशको आगरामा आफ्नो फिल्म ‘दसवीं’को सुटिङमा रहेकाले खोप लगाउन छुटेका हुन् । तुषार जलोटाको निर्देशनमा बनेको यस फिल्मको उक्त शेड्युल पूरा भएको छ । गत वर्ष अमिताभ बच्चनको परिवारमा उनकी पत्नी जयालाई छाडेर सबै कोरोना संक्रमित हुन पुगेका थिए ।