• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने

यी १० महान मस्तिष्कका कारणले बदलियो संसार



काठमाडौं । इतिहासका केही त्यस्ता महान् मस्तिष्क छन् जसको खोज र आविष्कारले विश्वलाई बदल्न  महत्वपूर्ण भूमिका छ। आजका दिन हामीले प्रयोग गर्ने प्रविधि र सेवासुविधा यी र यस्ता मस्तिष्कहरुको खोजकै जगमा उभिएको छ । यी हुन् इतिहासका महापुरुषहरु जस्ले संसारलाई बदल्यो

१) ग्यालेलियो

ग्यालेलियो खगोलविद्, भौतिकशास्त्री र इन्जियिर थिए । उनको जन्म इटलीको पिसामा सन् १५६४ मा भएको थियो । त्यसैले, ग्यालेलियोलाई पिसाका सर्वज्ञाता पनि भनिन्छ ।

उनलाई ‘आधुनिक भौतिक शास्त्रका पिता’, ‘वैज्ञानिक पद्धतिका पिता’ र ‘आधुनिक विज्ञानका पिता’ भनिन्छ । उनले टेलिस्कोप विकास गर्दै अन्तरिक्षको अवलोकन गरेर शुक्रग्रहको चरणको पुष्टि गरेका छन् ।

बृहस्पतीका ठूला चार उपग्रहहरुको खोज र सनस्पटस्को अवलोकन तथा विश्लेषण गर्दै उनले खगोल विज्ञानमा ठूलो योगदान गरेका छन् । सैन्य कम्पाससहित उनले अन्य थुप्रै उपकरणहरु विकास गरेका छन् ।

२) मारिया क्युरी

म्याडम क्युरीका नामले प्रसिद्ध मारियाको जन्म सन् १८७६  मा पोल्यान्डमा भएको थियो । रेडियो एक्टिभिटीमा गरेको खोजका कारण उनी विश्व प्रसिद्ध छिन् । उनले आफ्ना पति पियरे क्युरी र भौतिक शास्त्री हेनरी बेक्वेरेलसँग मिलेर रेडियो ‘एक्टिभिटी’ सिद्धान्त प्रतिपादन गरिन् ।

यसका लागि तीनैजनाले संयुक्त रुपमा १९०३ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार जिते, यो प्रतिष्ठित पुरस्कार जित्ने क्युरी पहिलो महिला हुन् । १९११ मा उनले पोलोनियम र रेडियम तत्वको खोजीका लागि रसायनशास्त्रतर्फ नोबेल पुरस्कार जितिन् ।

यसरी नोबेलको इतिहासमा दुईपटक पुरस्कार जित्ने उनी पहिलो व्यक्ति हुन् । अहिलेसम्म चारजनाले मात्रै इतिहासमा दुुईपटक नोबेल पुरस्कार जितेका छन् ।

३) लियोनार्डो दा भिन्ची

इटालियन लियोनार्डो दा भिन्चीलाई हामी उत्कृष्ट चित्रकारका रुपमा बुुझ्छौं । मोनालिसाको तस्विर उनले नै कोरेका थिए । तर, दा भिन्चीको परिचय यतिमै सिमित छैन । उनी के थिए रु भनेर प्रश्न गर्नुको साटो के थिएनन् रु भन्नु जायज ठहरिन्छ ।

सन् १४५२ मा जन्मिएका दा भिन्ची मुर्तिकार, आर्टिटेक्ट, संगीतकार, गणितिज्ञ, इन्जिनियर, आविस्कारक, एनाटोमिस्ट, भूूगर्भविद्, वनस्पतीविद्, दार्शानिक र विश्वचर्चित लेखक थिए ।

प्यारासुट, हेलिकोप्टर र ट्याङ्कजस्ता अत्याधुनिक उपकरण उनकै डिजाईनमा आधारित छन् । उनले मानव शरीरलाई चिरेर त्यसभित्र रहेका अंगहरुको दुुरुस्तै चित्र कोरेर स्वास्थ क्षेत्रमा ठूलो योगदान गरेका छन् । दा भिन्चीले आफ्नो कल्पनामा डुुबेर त्यस्ता धेरै मेसिनहरुको चित्र डिजाईन गरेका छन्, जो शताब्दीऔंसम्म पनि यर्थाथमा नआउन सक्छ ।

उनी सधैँ नयाँ–नयाँ खोज र आविष्कारमा तल्लिन रहन्थें । उनलाई अहिलेसम्मै सर्वाधिक बहुप्रतिभाशाली व्यक्तित्व भन्न सुहाउँछ । चारैतर्फ सोच्नसक्ने उनको मस्तिष्कलाई संसारकै सबैभन्दा शक्तिशाली मस्तिष्क मानिन्छ ।

४) सर आइज्याक न्युटन

सर आइज्याक न्युटन गणितिज्ञ, भौतिक शास्त्री, खगोलविद्, रसायनशास्त्री, धर्म शास्त्रका ज्ञाता तथा लेखक समेत थिए । सन् १६४३ मा बेलायतमा उनको जन्म भएको थियो । आफ्नो समय उनी ‘प्राकृतिक दर्शनशास्त्री’ भनेर चिनिन्थें ।

१६८७ मा प्रकाशित ‘प्राकृतिक दर्शनको गणितीय सिद्धान्त’ नामक उनको खोजमा विश्वव्यापी गुरुत्वार्कषण र तीन गतिका नियम बयान गरिएको छ, यो पुस्तक विज्ञान जगतमा ठूलै क्रान्ति होे ।

गणितिय नियमले सम्पूर्ण विज्ञान बुुझ्न सकिन्छ भन्ने न्युटनको सिद्धान्त प्रयोग ल्याउँदा ग्रह, ग्रहण तथा गतिलाई बुुझ्न सहज भएको छ । चाहे अन्तरिक्ष यानको सञ्चालन होस् वा रकेट प्रक्षेपण गुुरुत्वाकर्षणको सिद्धान्तबाटै यी सब सम्भव भएको छ । 

५) अरिस्टोटल

ईसापूर्व ३८४ मा जन्मिएका अरिस्टोटलको मृत्युु ईसापूर्व ३२२ मा भयो । प्राचिन ग्रिसमा उनी सर्वज्ञाता मानिन्थें । उनी प्लेटोका शिष्य थिए । उनी लाईसियम मन्दीर तथा पेरिपेटिक स्कुल अफ फिलोसोफीका अध्येता हुन् ।

उनले आफ्नै दर्शन अरिस्टोटेलियन पनि सुरु गरे । अरिस्टोटलले भौतिक शास्त्र, जीव विज्ञान, मेटाफिजिक्स, तर्क, नैतिकता, प्रकृति विज्ञान, कविता, नाटक, संगीत, मनोविज्ञान, भाषा विज्ञान, अर्थ, राजनीति र सरकारबारे आफ्ना विचारहरु दिएका छन् ।

६) अल्बर्ट आइन्स्टाइन

अल्बर्ट आइन्स्टाइनलाई धेरैले विश्वकै सर्वकालिन महान वैज्ञानिक मान्छन् । सन् १९९९ मा टाइम्स पत्रिकाले उनलाई शताब्दी पुरुष घोषणा गरेको थियो । उनी २० औं शताब्दीका सर्वाधिक प्रभावशाली व्यक्तित्वमध्ये एक थिए ।

सन् १८७९ जर्मनीमा जन्मिएका आइन्स्टाइनले सापेक्षतावादको सिद्धान्त अघि सारे । विज्ञान सापेक्ष हुन्छ भन्ने उनको सिद्धान्तले गति, चाल र प्रकाश सम्बन्धी नयाँ–नयाँ खोज गर्न प्रेरित गर्छ । द्रव्यमान–ऊर्जा सम्बन्धी फर्मुला E = m c 2  मार्फत आइन्स्टाइन विश्वका धेरै मानिसको मन मस्तिष्कमा छन् ।

७) आर्किमेडिस

अर्किमिडिज प्राचीन ग्रिक गणितिज्ञ, खगोलविद् तथा वैज्ञानिक हुन् । उनले विशेषगरी ज्यामितिमा धेरै खोज र आविस्कार गरेका छन् ।

उनको जन्म ईसापूर्व २८७ मा र निधन ईसापूर्व २१२ मा भएको थियो ।

भौतिक विज्ञानमा उनले द्रव्यस्थैतिकी, सांख्यिकी र उत्तोलकको सिद्धान्तको व्याख्याका लागि आधार तय गरे ।

८) निकोला टेस्ला

सर्बियाली वैज्ञानिक निकोला टेस्ला भौतिक शास्त्री, विद्युत र यान्त्रिक अभियन्ता हुन् । सन् १८५६ मा जन्मिएका टेस्ला आठवटा भाषा बोल्न सक्थें, एकपटक पढेर पुरै पुस्तक कण्ठस्थ पार्न सक्थें ।

टेस्लाले एसी विद्युत अल्टरनेटिङ करेन्टको आविस्कार गरेका थिए, मार्कोनीले पनि रेडियो आविस्कार गर्ने क्रममा टेस्लाकै फर्मुला प्रयोगमा ल्याएका थिए । रोयन्टजेनले बनाएको एक्स रे, वाटसन वाटले बनाएको रेडार पनि टेस्लाकै सोचको उपज थियो ।

९) प्लेटो

प्लेटो प्राचीन ग्रिसका प्रभावशाली व्यक्तित्व हुन् । उनी प्लेटोनिस्ट स्कुल अफ थट र एकेडेमीका संस्थापक हुन् । पश्चिमा जगतमा एकेडेमीलाई उच्च शिक्षाको पहिलो संस्था मानिन्छ । आफ्ना शिक्षक सोक्रेट्स र प्रसिद्ध शिष्य अरिस्टोटलजस्तै प्लेटोलाई पनि पश्चिमा धर्म र अध्यात्मको जग बसाल्ने श्रेय जान्छ ।

पश्चिमा राजनीतिक दर्शनको अध्येताका रुपमा उनलाई लिइन्छ । प्लाटोनिक लभ र प्लाटोनिक सोलिडजस्ता शब्दावली उनकै नामबाट प्रेरित भएर जन्मिएको हो । ईसापूर्व ४ सय २८ मा जन्मिएका प्लेटोको निधन ईसापूर्व ३४७ मा भएको थियो ।

१०) पाइथागोरस 

ईसापूर्व ५७० मा जन्मिएका पाइथागोरसको निधन ईसापूर्व ४९५ मा भएको थियो । उनी प्राचीन ग्रिक दार्शनिक हुन् । उनको धार्मिक तथा राजनीतिक दर्शन माग्ना ग्रेइसिया नामले प्रसिद्ध छ ।

प्लेटो र अरिस्टोटल उनका विचारबाट प्रभावित थिए,  उनीहरुमार्फत यो दर्शन पश्चिमा दर्शन बन्यो । सामोस टापूमा उनी जन्मिएको अनुमान गरिन्छ, तत्कालीन समय यो टापू पर्सियन साम्राज्यअन्तर्गत थियो । आधुनिक दर्शनशास्त्रीहरु पाइथागोरसको शिक्षा र प्रभावबारे एकमत छैनन् ।

तर उनीहरु यो कुरामा सहमत छन् कि ईसापूर्व ५३० मा उनी दक्षिणी इटलीको क्रोनटोनमा आएका थिए । जहाँ, उनले एक शिक्षालय खोले । त्यहाँ शिष्यहरुले आध्यात्मिक जीवन बाँच्ने सपथ लिएका थिए । त्यहाँ शाकाहारी सादगी भोजनमात्रै गर्न पाइन्थ्यों ।