२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः कोलकत्ता र बेंग्लोर भिड्दै



अ+ अ-

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) मा आज कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन् । बेंग्लोरको घरेलु एम चेन्नास्वामी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेबाट सुरु हुनेछ ।

कोलकत्ता आफ्नो लगातार हारको शृंखला तोड्न चाहन्छ । कोलकत्ता पछिल्लो चार खेलमा लगातार पराजित हुँदै आएको छ । कोलकत्ता सात खेलमा दुई जित र पाँच हारका साथ आठौं स्थानमा रहेको छ ।

बेंग्लोर पनि यस खेलमा जित हात पारी अंक तालिकामा आफ्नो स्थान बढाउन चाहन्छ । बेंग्लोर ७ खेलमा चार जित र तीन हारका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।

पछिल्लो खेलमा बेंग्लोरले राजस्थानलाई हराएको थियो भने कोलकत्ता चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो ।

यि दुई टोलीबीचको पछिल्लो पाँच भेटमा कोलकत्ता बलियो देखिएको छ । पाँच खेलमा तीन पटक कोलकत्ता विजयी हुँदा बेंग्लोरले दुई खेलमा जित हात पारेको छ ।

यहि सिजनको पहिलो भेटमा कोलकत्ताले बेंग्लोरलाई ८१ रनको फराकिलो अन्तरले हराएको थियो ।