एजेन्सी । ब्राजिलको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका छन् ।
कतार विश्वकपको क्वाटरफाइनलबाट ब्राजिल बाहिरिएपछि मुख्य प्रशिक्षक टिटेले पद छाडेका हुन् ।
शुक्रबार राति ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४–२ ले स्तब्ध पारेको थियो ।
६१ वर्षीय टिटे २०१६ मा ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । डुंगाले छाडेपछि उनी ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
टिटेको नेतृत्वमा ब्राजिलले २०१९ मा कोपा अमेरिका जितेको थियो भने उनको नेतृत्वमा ब्राजिलले ८१ खेल खेल्दा ६० खेल जितेको छ ।










