३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

भलिबल संघको १९ वटा वार्षिक कार्यक्रम सार्वजनिक

भलिबल संघको १९ वटा वार्षिक कार्यक्रम सार्वजनिक
अ+ अ-

काठमाडाैँ । महिला र पुरुषको फ्रेन्चाइज लिगसहित नेपाल भलिबल संघ (एनभिए) ले आर्थिक वर्ष २०८३/८४ का लागि आफ्ना कार्यक्रम सार्वजनिक गरेको छ ।
काठमाडौंको नक्शालस्थित होटल क्राउन प्लाजामा सोमवार पत्रकार सम्मेलन आयोजना गर्दै भलिबल संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता, फ्रेन्चाइज लिग, रेफ्री प्रशिक्षक कोर्षका साथै विभिन्न उमेरसमूहका कुल १९ वटा कार्यक्रम सार्वजनिक गरेको हो । उक्त वार्षिक कार्यक्रममा आगामी २० औं एशियाली खेलकुद पनि समावेश छ ।

यो प्रतियोगितासहित अन्तर्राष्ट्रिय भूमिमा हुने कार्यक्रम पनि वार्षिक क्यालेण्डरमा छन् । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले निर्धारित सबै कार्यक्रम सम्पन्न गर्ने गरी समावेश गरिएको बताएका छन् । यद्यपि सार्वजनिक गरिएका कुनै पनि कार्यक्रमको मिति तय भने गरिएको छैन । साथै आठ वटा कार्यक्रमको स्थान नै तय नगरिए पनि निर्धारित कार्यक्रम जसरी पनि आयोजना गर्ने संघले जनाएको छ ।

पहिलोपल्ट वार्षिक कार्यक्रम सार्वजनिक गरेको संघले प्रशिक्षण र विकास कार्यक्रमलाई जोड दिएको छ ।  घरेलु भलिबलको नियमित गतिविधिसँगै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको उपस्थितिलाई थप मजबुत बनाउने लक्ष्य संघका अध्यक्ष चन्दले विश्वास व्यक्त गरे ।

संघले वर्षभर आयोजना हुने प्रतियोगिता र गतिविधिलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने उद्देश्यसहित क्यालेण्डर सार्वजनिक गरेको जनाएको छ । वार्षिक कार्यक्रममा एसियन सेन्ट्रल जोन (काभा) का नै ६ वटा च्याम्पियनसिप समावेश गरिएको छ । भलिबल संघले पहिलो पल्ट उमेर समूहको प्रतियोगिता आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता, एसियन गेम्समा सहभागिता, विद्यालयस्तरीय प्रतियोगिता, रेफ्री तथा प्रशिक्षक प्रशिक्षण र मैत्रीपूर्ण खेलसम्मका कार्यक्रम समावेश गरिएका छन् ।

वार्षिक कार्यक्रमको शुरुवात ३५औं राष्ट्रिय पुरुष तथा २५ औं राष्ट्रिय महिला भलिबल प्रतियोगिताबाट हुनेछ । प्रतियोगिता सुर्खेतमा आयोजना गरिने संघले जनाएको छ। त्यसपछि काठमाडौंमा १० औं एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप हुनेछ । ११ औं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग पनि क्यालेन्डरमा समावेश गरिएको छ । उक्त प्रतियोगिताको आयोजना स्थल भने पछि तय गरिने उल्लेख गरिएको छ । त्यसपछि सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता आयोजना हुनेछ । यसको स्थान पनि हालसम्म तय भएको छैन ।

युवा खेलाडी उत्पादनलाई प्राथमिकतामा राख्दै यु–१९ महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता काठमाडौंमा सञ्चालन गरिनेछ । पछिल्ला वर्षहरूमा नेपाली भलिबलमा व्यावसायिक अवधारणाको विस्तार भइरहेका बेला संघले महिला र पुरुष दुवैतर्फका फ्रेन्चाइज लिगलाई पनि वार्षिक कार्यक्रममै समेटेको छ ।
महिलातर्फ इन्फिनिटी (इभिएल) महिला फ्रेन्चाइज लिग काठमाडौंमा आयोजना हुनेछ। पुरुषतर्फ केडिया ग्रुपको प्रायोजनमा एनभिएल (एनभिएल) पुरुष भलिबल लिग पनि काठमाडौंमै आयोजना गर्ने तयारी गरिएको छ । एनभिएल आगामी भदौ १२ गते काठमाडौँमा शुरु हुँदैछ ।

अन्तर्राष्ट्रिय सहभागितालाई पनि संघले विशेष प्राथमिकतामा राखेको छ । क्यालेन्डरअनुसार काभा बिच भलिबल टुर सेप्टेम्बरमा भुटानमा आयोजना हुनेछ । जहाँ महिला र पुरुष दुवै टोलीले सहभागिता जनाउने अपेक्षा गरिएको छ । काठमाडौंमै काभा महिला च्याम्पियन्स लिग नोभेम्बर ७ देखि १० सम्म आयोजना गर्ने योजना रहेको छ। यससँगै काभा पुरुष भलिबल च्याम्पियनसिप (विश्व वरीयता प्रतियोगिता) पनि काठमाडौंमै हुनेछ । यो आयोजनाले नेपाललाई अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने अवसर प्रदान गर्नेछ ।

क्यालेन्डरमा काभा बिच भलिबल टुर (माल्दिभ्स), काभा यु–१६ भलिबल च्याम्पियनसिप र काभा च्यालेन्ज कप (पुरुष) समेत समावेश छन्। यी प्रतियोगिताले नेपाली टोलीलाई अन्तर्राष्ट्रिय स्तरमा अनुभव बटुल्ने अवसर प्रदान गर्ने विश्वास संघको छ । घरेलु प्रतिभा विकासलाई निरन्तरता दिन यु–१८ अन्तरविद्यालय भलिबल प्रतियोगिता आयोजना गरिनेछ। त्यस्तै रेफ्री र प्रशिक्षकको क्षमता अभिवृद्धिका लागि राष्ट्रिय रेफ्री तथा प्रशिक्षक कोर्स, कोचिङ कोर्स, महिला तथा पुरुष मैत्रीपूर्ण खेल र थ्री नेसन्स कप पनि कार्यक्रम सूचीमा राखिएको छ।

संघले सम्बन्धित निकाय, प्रायोजक तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तालिकाअनुसार ती कार्यक्रमको अन्तिम मिति सार्वजनिक गर्ने जनाएको छ । नेपाल भलिबल संघले पछिल्ला केही वर्षदेखि राष्ट्रिय प्रतियोगिताको दायरा विस्तार गर्दै फ्रेन्चाइज लिग, उमेर समूहका प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना तथा सहभागितालाई निरन्तरता दिँदै आएको छ। सार्वजनिक गरिएको नयाँ क्यालेन्डरले पनि नेपाली भलिबललाई व्यावसायिक, प्रतिस्पर्धात्मक र अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पु¥याउने संघको योजनालाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ । वार्षिक कार्यक्रमले आगामी एक वर्ष नेपाली भलिबल गतिविधिले निकै व्यस्त रहने आशा गरिएको छ । –न्युज एजेन्सी नेपाल