३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड

सरकारको प्राथमिकता अन्यत्रै, राज्य आतंकको अवस्था सिर्जना भयो : विष्णु रिजाल

सरकारको प्राथमिकता अन्यत्रै, राज्य आतंकको अवस्था सिर्जना भयो : विष्णु रिजाल
अ+ अ-

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं विदेश विभागका सदस्य विष्णु रिजालले सरकारको प्राथमिकता एकातिर हुनुपर्नेमा ध्यान अर्कैतिर केन्द्रित भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै रिजालले राज्यसँग बल प्रयोग गर्ने अधिकार भए पनि त्यसको जथाभावी प्रयोग गर्दा राज्य आतंकको अवस्था सिर्जना भएको बताएका हुन् ।

उनले फरक पार्टीका नेतामाथि धरपकड, व्यवसायीमाथि आतंक, सञ्चारमाध्यमलाई आर्थिक नाकाबन्दी र भौतिक त्रास देखाउने काम भइरहेको आरोप लगाए । आफ्नै पार्टीका नेतामाथिसमेत निगरानी भइरहेको समाचार सार्वजनिक हुन थालेको भन्दै उनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।

रिजालले लेखेका छन्, ‘फरक पार्टीका नेताहरूमाथि धरपकड, व्यवसायीमाथि आतंक, मिडियालाई आर्थिक नाकाबन्दी लगाउँदा नपुगेर भौतिक त्रास, हुँदाहुँदा आफ्नै पार्टीका नेतामाथि निगरानीका समाचार सार्वजनिक भएका छन् । मुलुक कता जाँदैछ ? कता लैजान खोजिँदैछ ? हामीकहाँ भनाइ नै छ नि, अति गरे खति हुन्छ ।’

उनले सरकारले प्राथमिकतामा राख्नुपर्ने विषयमा पुँजी बजारको निरन्तर गिरावट, विदेशस्थित नेपाली दूतावासहरू लामो समयदेखि रिक्त रहनु, विश्वविद्यालयको अस्तव्यस्तता र वैदेशिक सहायता रोकिएको विषयलाई औँल्याएका छन् ।

त्यस्तै, विदेशी लगानी शून्य अवस्थामा पुगेको, विदेश सम्बन्ध शिथिल बनेको, अर्थतन्त्र ओरालो लागेको र सामाजिक सद्भावमा समेत समस्या देखिएको रिजालको दाबी छ ।

यी विषयमा सरकारको ध्यान जानुपर्नेमा अन्यत्रै केन्द्रित भएको टिप्पणी गर्दै उनले भनेका छन्, ‘सरकारको ध्यानचाहिँ अन्यत्रै छ । भन्छन् नि, टकिङ टु टोकियो, लुकिङ टु लण्डन ।’