३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

जिएएमएमए एसियन च्याम्पियनसिपमा नेपाली खेलाडीको सफलता, तीन पदक जिते

जिएएमएमए एसियन च्याम्पियनसिपमा नेपाली खेलाडीको सफलता, तीन पदक जिते
अ+ अ-

काठमाडौं । मलेसियाको पुत्राजायास्थित पीआईसीसीमा आयोजना भएको जिएएमएमए एसियन च्याम्पियनसिप २०२६ मा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै पदक जितेका छन्।

सन् २०२६ जुलाई २८ देखि अगस्ट २ सम्म मलेसिया मिक्स्ड मार्सल आर्ट्स संघको आयोजनामा सम्पन्न प्रतियोगितामा नेपालका तीन खेलाडीले पदक हासिल गरेका हुन्।

प्रतियोगिताको यू–१६, ४२ केजीमुनि तौल समूहमा प्रकृति राईले कास्य पदक जितेकी छन्। त्यस्तै यू–१६, ४६ केजीमुनि तौल समूहमा रचना सिल्वालले रजत पदक हासिल गरेकी छन् भने यू–१८, ६० केजीमुनि तौल समूहमा एलिश बोम्जनले कास्य पदक जितेका छन्।

उक्त प्रतियोगितामा मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष एवं जिएएमएमए नेपालका रेफ्री राजिव महर्जन, जिएएमएमए नेपालका अध्यक्ष विनोद महर्जन, टिम प्रशिक्षकद्वय उमेश महर्जन र राज महर्जन तथा टिम व्यवस्थापक सागर चित्रकारको सहभागिता रहेको थियो। अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा नेपाली खेलाडीहरूले हासिल गरेको सफलताले नेपालको मार्सल आर्ट्स क्षेत्रको सम्भावना र क्षमतालाई थप उजागर गरेको छ।