१९ श्रावण २०८३, मंगलवार
,
Latest
२० अर्ब लागतको नारायणगढ–बुटवल सडक आयोजना अन्तिम चरणमा राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय नै राख्न अर्थ मन्त्रालयको प्रश्ताव नेपाल राष्ट्र बैंकको संरचना र स्वायत्ततामा सन्तुलन आवश्यकः अर्थमन्त्री वाग्ले झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न प्रधानमन्त्री शाहद्वारा सुदूरपश्चिमका सांसदसँग समसामयिक विषयमा छलफल कप्तानगञ्ज घटनामा घाइते रविन्द्र मेहताको उपचारका क्रममा निधन ज्यान जोखिममा परेका दुई महिलाको सफल हवाई उद्धार अर्थमन्त्री स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका सिइयोसँग छलफल गर्दै जलवायु नीति संशोधनमा युवाको प्रत्यक्ष सहभागिता र छुट्टै वित्तीय कोषको माग मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो हटाइयो, दुईतर्फी यातायात सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना



अ+ अ-

काठमाडाैँ । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार आज र बिहीबारसम्म प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यमदेखि वर्षा हुने सम्भावना रहेको छ ।

कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले आगामी बिहीबारसम्म सामान्यतया मौसम बदली रही तराई तथा पहाडी क्षेत्रमा मध्यम र हिमाली क्षेत्रमा हल्का वर्षा हुने पूर्वानुमान रहेको बताउनुभयो । “लगातार भन्दा पनि बिहीबारसम्म छिनछिनमा पानी पर्ने र घाम लाग्ने हुनसक्छ । यस अवधिमा प्रदेशका सबै तराई, पहाड र हिमाली क्षेत्रमा मौसम बदली भइरहने अनुमान छ, तर भारी वर्षाको सम्भावना कमै छ”, उहाँले भन्नुभयो, “तपापि नदी तटीय क्षेत्र, डुबान हुने होचा स्थानमा बस्ने नागरिकले विशेष सतर्कता अपनाउन आवश्यक छ ।”

उहाँका अनुसार आज दिउँसो प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा भने साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा साधारणतया बदली हुने र केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

हिमाली क्षेत्रमा आज राति साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने र पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम र तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागद्वारा जारी बुलेटिनमा उल्लेख छ । रासस