७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

सिजन मिडियाद्वारा ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ आयोजना हुने

सिजन मिडियाद्वारा ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ आयोजना हुने
अ+ अ-

काठमाडौं । सिजन मिडिया नेपालले आफ्नो १८औँ स्थापना दिवसको अवसरमा आगामी भदौको २० गते काठमाडौंमा ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ (सातौँ संस्करण) आयोजना गर्ने भएको छ।

आयोजकका अनुसार कार्यक्रममा नेपालसहित विभिन्न एशियाली मुलुकका व्यवसाय, शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटन, संस्कृति, सामाजिक सेवा तथा अन्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका सफल व्यवसायी, पेशाकर्मी तथा व्यक्तित्वलाई सम्मान तथा अवार्ड प्रदान गरिनेछ।

सिजन मिडियाले सम्मानित व्यक्तित्वहरूको उपलब्धि, नेतृत्व क्षमता, व्यावसायिक उत्कृष्टता तथा समाजप्रतिको योगदानको मूल्याङ्कन गर्दै उनीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। यसअघि पनि संस्थाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गर्दै आएको छ।

सिजन मिडियाकी कार्यक्रम निर्देशक रेजिना तुलाधरका अनुसार एक दशकभन्दा बढी समय आफ्नो क्षेत्रमा निरन्तर सक्रिय रही उल्लेखनीय सफलता हासिल गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले अवार्ड कार्यक्रम सञ्चालन हुँदै आएको हो।

“यस्ता सम्मानले अग्रजहरूको योगदानको कदर गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो पेशा, व्यवसाय र सामाजिक उत्तरदायित्वप्रति थप समर्पित हुन प्रेरणा मिल्ने विश्वास गरेका छौँ,” तुलाधरले भनिन्।

उनका अनुसार ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड’ विगत सात वर्षदेखि नेपालमा आयोजना हुँदै आएको छ। कार्यक्रममा नेपालसहित विभिन्न एशियाली मुलुकका सफल व्यवसायी तथा पेशाकर्मीहरूको सहभागिता रहने गरेको छ।

सिजन मिडियाले यस वर्ष नेपालबाहेक अस्ट्रेलिया र क्यानडामा समेत एशियाली मुलुकका सफल व्यवसायी तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका नेपाली व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमको तयारी गरिरहेको जनाएको छ।

आयोजकका अनुसार यस्ता कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरमा नेपाली समुदायको योगदानलाई उजागर गर्नुका साथै व्यवसायिक नेतृत्व, सामाजिक उत्तरदायित्व र उत्कृष्ट कार्यसंस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।