३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

बालबालिकादेखि युवासम्म लोकप्रिय बन्दै मुवाँथाई खेल

बालबालिकादेखि युवासम्म लोकप्रिय बन्दै मुवाँथाई खेल
अ+ अ-

काठमाडाैँ । नेपाली खेलकुदमा मार्सल आर्टस विधाको इतिहास गौरवशाली रहँदै आएको छ । एशियन गेम्स, ओलम्पिक र दक्षिण एशियाली खेलकुदका प्रतिष्पर्धामा मार्सल आर्टस  खेल सबैभन्दा राम्रो नतिजा दिनेमा पर्छन् । यी मार्सल आर्टस खेलमा पछिल्ला समय मुवाँथाई खेलमा पनि लोकप्रिय हुँदै आएको छ । जुन खेलको शुरुवात थाइल्याण्डबाट भएको हो ।

विश्वप्रसिद्ध एक्शन हिरो टोनी जाले पनि खेल्ने गरेको यो पछिल्लो समय युवाहरूको आकर्षण बन्दैछ । नेपालमा यो खेल विकास हुने चरणमा छ । तर ऐतिहासिक र ठूला पदक भने नेपालको मुवाँथाईले भित्राइसकेको छ । प्रो÷एमेच्योर विधामा गुणराज रुचालले सन् २०२४ को विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेका जितेका थिए । यो नै सबभन्दा ठूलो सफलता हो । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराजस्तै पछिल्ला समय व्यवसायिक रूपमा मात्र नभई आफ्नो शरीर स्वस्थ राख्न पनि युवाहरू यस खेलप्रति आकार्षिक हुँदै आएका छन् । सन् २०१० मा गणेशलाल कक्षपतीले थाइल्याण्डमा भएको सातौं मुवाँथाई विश्व च्याम्पियनसिप खेलेका थिए ।

त्यो खेलपछि नै कक्षापतीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता प्रक्रिया शुरु गरेपछि यस खेलको वैधानिक रूपमा सुरुआत भएको हो । हाल उनै कक्षापती नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष छन् । पूर्वराष्ट्रिय खेलाडी, प्रशिक्षक र संघका अध्यक्षसमेत रहेका कक्षापतीले २०५४÷५५ सालदेखि नै यो खेल नेपाल खेलिँदै आएको बताए । त्यतिबेला सेल्फ डिफेन्सका रूपमा यो खेल सुरु भए पनि २०१० पछि वैधानिक रूपमा खेल संघ स्थापना गरी शुरुवात गरिएको बताए । फेन्सी ट्याइपको कम्ब्याट स्पोटर््स भएकाले नै पछिल्ला समय युवाहरूमाझ लोकप्रिय बन्दै आएको उनको बुझाइ छ ।


मार्सल आर्टसका अन्य विधा खेल्न पनि मुवाँथाई खेलले मद्दत पुग्ने उनी बताउँछन् । बक्सिङ, उसु, किक बक्सिङ, क्योकुशिन, जुडो र करातेजस्ता खेलका खेलाडीलाई पनि शुरुमा यो खेलबाट जाँदा मद्दत पुग्ने भएकाले मुवाँथाईमा अन्य खेलका खेलाडी पनि आउने गरेको अध्यक्ष कक्षपतिले जानकारी दिए । अहिले देशभर ५० वटा क्लब र दुई हजार जति खेलाडी नियमित प्रशिक्षण गर्ने गरेको उनी बताउँछन् । विभागीय टोली आर्मी र एपिएफमा पनि यो खेलप्रति आकर्षण बढ्दै गएको छ ।

नेपाली मुवाँथाईले एसियन इन्डोर मार्सल आर्ट्स गेम्समा पनि खेलिसकेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय ओलम्पिकमा पनि दर्ता भएको अध्यक्ष कक्षापतिीले उल्लेख गरे । अन्तर्राष्ट्रिय पदकसँगै देशमा लोकप्रियता बढ्दै गए पनि राज्यले मुवाँथाइ खेलप्रति बेवास्ता गर्दै आएको उनले गुनासो गरे । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुरूप नै ६३ वटा खेलसरह मुवाँथाई खेल संघ दर्ता छ । तर राज्यले अन्य खेलसरह व्यवहार नगरेको उनी बताउँछन् । ६३ वटै खेल समान व्यवहार राज्यले नगरेको उनले दाबी गरे । के को आधारमा राज्यले ३०÷३१ वटा खेलको मात्र राष्ट्रिय खेल गराउनुले विभेदकारी नीति राज्यबाट हुँदै आएको छ । खेलकुद परिषद् बिना मापदण्ड राष्ट्रिय खेलकुदमा समावेश गर्नु गलत रहेको उनी बताउँछन् ।

प्राइभेट क्लवहरूमा यो खेल सिक्ने खेलाडीले धेरै पैसा तिर्न बाध्य छन् । तर, त्रिपुरेश्वरस्थित मुवाँथाइ संघको केन्द्रिय प्रशिक्षण केन्द्रमा भने फरक वातावरण छ । ८ वर्षदेखि ४० वर्ष उमेरसम्मका खेलाडीहरू प्रशिक्षण गर्छन् । जहाँ सामान्य वर्गका र पैसा तिरेर खेल्न नसक्ने खेलाडीलाई पनि संघले प्रशिक्षण गराउँदै आएको छ । राष्ट्रका लागि खेल्न नसके पनि स्वास्थ्यका लागि खेल्न खेलाडीलाई प्रोत्साहित गर्दै छन् । पछिल्ला समय स्पोटर््स साइन्स बढेकाहरू पनि खेलकुद आउँदा खेल विकासमा मद्दत पुग्ने गरेको उनको भनाइ छ । धेरैजसो फिटनेसका लागि पनि मुवाँथाई खेल्ने गरेका छन् । तर दुई दशकको अन्तर्राष्ट्रिय यात्रामा यो खेलले विश्व च्याम्पियनसिपमा चार वटा पदक ल्याएको छ । यसपल्ट २० वटा देशको वरियतामा नेपाल चौथो स्थानमा रहेको अध्यक्ष कक्षपति बताउँछन् ।

नवौं राष्ट्रिय खेलकुदसँगै केही संस्करणमा मुवाँथाई प्रदर्शनी खेलका रूपमा समावेश हुँदै आएको छ । पछिल्लो ओलम्पिकमा पनि यो प्रदर्शन खेलका रूपमा भइसकेको छ । युथ एशियन गेम्स र इन्डोर गेम्समा सहभागी भइसकेको खेल हो, मुवाँथाई । तर, देशको राष्ट्रिय खेलकुदमा भने राज्यले समावेश गरेको छैन । संघका अध्यक्ष लोकप्रिय बन्दै गएको खेललाई दशौं राष्ट्रिय खेलकुदमा समावेश गरिदिन आग्रह गरेका छन् । खेलाडीले खेलेर मात्र नहुने र कला प्रदर्शन गर्ने माध्यम पाउनुपर्ने उनी बताउँछन् । राज्यले आफ्नो खेललाई लगानी पनि नगरेको र मुवाँथाईका खेलाडी आफ्नै लगानी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी पनि हुँदै आएको छ । राष्ट्रिय खेलकुद खेल्नकै लागि विद्यालय तहदेखि नै यो खेल विकासमा काम गरेको संघले उल्लेख गरेको छ । तर राज्यले पनि त्यसअनुरूप लगानी गर्नुपर्छ ।
मुवाँथाइजस्तै क्योकुशिन, आइटिएफ तेक्वान्दो र विभिन्न विधामा मार्सल आर्ट्स खेललाई राज्यले समान रूपमा लगानी गर्दैन । यी खेलका खेलाडीहरू व्यक्तिगत लगानीमा नै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्ने गर्छन् । राष्ट्रिय प्रतियोगिता आयोजनामा पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सहयोग नगर्ने गरेको नन अफिसियल खेलहरूको गुनासो छ । जुन खेल ओलम्पिक घेराभित्र छैनन् ती खेलमा राज्यको लगानी शुन्यजस्तै छ । तर आफूहरूले अन्तर्राष्ट्रिय एरिनामा नेपालकै झन्डा फरफराउने गरेको र देशलाई स्वस्थ नागरिक निर्माणमा सहयोग गर्दै आएको ननअफिसियल खेल विधा संघले उल्लेख गर्दै आएका छन् ।