३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

मिसन एशियन गेम्सः आगामी पुस्तालाई प्रोत्साहित गर्न जुट्दै स्केटर शरद र गजेन्द्र

मिसन एशियन गेम्सः आगामी पुस्तालाई प्रोत्साहित गर्न जुट्दै स्केटर शरद र गजेन्द्र
अ+ अ-

काठमाडाैँ । पहिलोपल्ट सबैभन्दा ठूलो प्रतियोगितामा प्रतिष्पर्धा गर्न लागेका नेपालका स्केटिङ खेलाडी आगामी २०औं एशियन गेम्सको तयारीमा जुट्दा निकै उत्साहित छन् ।

नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ७४ वटा खेल संघहरू आधिकारिक रूपमा दर्ता छन् । आगामी एशियन गेम्समा ४३ वटा खेल विधामा प्रतिष्पर्धा हुने भएपनि नेपालले २२ वटा खेलमा मात्र चुनौती प्रश्तुत गर्दैछ । एशियन गेम्स खेल्नु हरेक खेलाडीको सपना हुन्छ । तर सिमितले मात्र यो अवसर पाउँदैछन् । त्यस्तै अवसर प्राप्त गर्नेमध्ये एक स्केटिङ पनि हो । पछिल्ला समय यो खेल युवाहरूमा निकै लोकप्रिय बन्दै गएको छ । बालबालिकाहरू पनि यो

खेलप्रति आकर्षित हुन थालेपछि व्यावसायिक रूपमा स्केट पार्कहरू पनि धेरै वटा स्थापना भइरहेका छन् । लामो समयदेखि स्केटिङ खेल खेलिँदै आएपनि संस्थागत रूपमा यसको विकास शुरु भएको धेरै भएको छैन । यो खेल खेल्ने ससमित खेलाडी भएपनि आगामी एशियन गेम्स सहभागी हुन पाउनु ठूलो अवसर हो । यही अवसरलाई नेपालका दुई स्केटिङ खेलाडी गजेन्द्र बर्देवा र शरदकुमार राई गुमाउन चाहँदैनन् । आगामी सेप्टेम्बरमा हुने एशियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्दै आगामी पुस्तालाई समेत प्रोत्साहित गर्ने उनीहरूको लक्ष्य छ । स्केटिङ खेलाडी गजेन्द्र बर्देवाले लामो समयदेखि एशियन गेम्स खेल्ने सपना रहेको र यसपल्ट त्यो अवसर पाउँदा निकै उत्साहित रहेको बताए । विश्व स्केटिङमा नेपालबारे राम्रो छवि बनाउने उनको लक्ष्य छ । आफूहरूले एशियन गेम्समा राम्रो गर्नसके आगामी पुस्ता नै प्रोत्साहित हुने उनको विश्वास छ ।

नेपालका यी दुई खेलाडी स्केटिङ अबको एक माहिना आगामी २० औं एशसयन गेम्सको तयारी थाइल्याण्डमा ब्यस्त हुनेछन् । आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा २० औं एशियन गेम्स आयोजना हुँदैछ । उनीहरूले थाइल्याण्डको राष्ट्रिय टोलीसँग नै अभ्यास गर्दैछन् । अन्तर्राष्ट्रिय प्रशिक्षक सुतात सिरिवातको प्रशिक्षणमा नेपालका दुई खेलाडीले तयारी गर्नेछन् । गजेन्द्र बर्देवाले लामो समयदेखि थाइल्याण्डको टोलीलाई पछ्याउँदै आएको र सोही टोलीसँग अभ्यास गर्न पाउनु ठूलो अवसर रहेको बताए । एशियाकै राम्रो टोलीमध्ये एक थाइल्याण्ड पनि हो । ती खेलाडीसँगै खेल्दा स्तरमा पनि सुधार आउने नेपालको विश्वास छ ।

नेपाल स्केटिङ एण्ड स्केट बोर्डिङ संघका महासचिव सत्य थापाकाअनुसार शुक्रवार नेपाली टोली बैंकक प्रस्थान गरिसकेको छ । दुवै खेलाडीले स्ट्रिट विधामा नेपालको चुनौती प्रश्तुत गर्नेछन् । एशियन गेम्समा खेल्ने घोषणा भएलगत्तै खेलाडीद्वय गजेन्द्र बर्देवा र शरदकुमार राईले प्रशिक्षण शुरु गरेका थिए । यो तयारी गरेको करिव डेढ महिना भइसकेको छ । उनीहरू यमबुद्ध स्केट पार्कमा बिहान र बेलुका दुई सेसनमा प्रशिक्षण गर्दै आएका थिए ।

उनीहरूसँगै प्रशिक्षकमा विजय तामाङ पनि थाइल्याण्ड जानेछन् । बैंककस्थित हुआ मक स्केट पार्कमा उनीहरुले प्रशिक्षण गर्ने तालिका रहेको छ । एक महिने प्रशिक्षणपछि खेलाडीले त्यही प्रशिक्षणलाई निरन्तरता दिने वा नेपाल फर्कने अहिले टुंगो लागेको छैन । बैंककमै प्रशिक्षणलाई निरन्तरता दिने विषयमा पनि कुरा भइरहेको महासचिव सत्यले बताए । एक हप्तापछि महासचिव थापाले अनुगमनका लागि जाने कार्यक्रम रहेको छ । एशियन गेम्समा पदक नै जित्ने दाबी नगरे पनि उनीहरूले जापानबाट फर्किंदा नेपालको स्केटिङ परिवारलाई गर्विलो बनाउने विश्वास राखेका छन् । त्यही विश्वास कायम गर्न एक महिनाको अवधिमा धेरै मेहनत गर्ने संकल्प नेपाली खेलाडीमा देखिन्छ । –न्युज एजेन्सी नेपाल