९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्केटिङको एसियाड तयारी थाइल्यान्डमा



अ+ अ-

काठमाडौँ। जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने स्केटिङ खेलाडीले थाइल्यान्डको बैंककमा तयारी प्रशिक्षण गर्ने भएका छन् ।

एसियाडमा भाग लिने दुई पुरुष खेलाडी गजेन्द्र बर्देवा र शरदकुमार राई शुक्रबार बैंकक प्रस्थान गर्नेछन् ।

आगामी असोज ३ गतेदेखि सुरु हुने एसियाडमा दुवैले स्ट्रिट विधामा नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

उनीहरूले करिब एक महिना बैंककस्थित हुआ मक स्केट पार्कमा प्रशिक्षण गर्ने नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घका महासचिव सत्य थापाले जानकारी दिनुभयो ।

उहाँले एकमहिने प्रशिक्षणपछि खेलाडीले त्यही प्रशिक्षणलाई निरन्तरता दिने वा नेपाल फर्कने अहिले टुङ्गो नलागेको बताउनुभयो ।

बैंककमा प्रशिक्षणलाई निरन्तरता दिने विषयमा पनि छलफल भइरहेको महासचिव थापाले बताउनुभयो ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रामचरित्र मेहताले बिदाइ गर्दै खेलाडीलाई उच्च मनोबलका साथ एसियाडमा प्रतिस्पर्धा गर्ने आग्रह गर्नुभयो ।

उहाँले एसियाडमा सहभागी हुने खेलाडीको एक वर्षको बिमा गरिने बताउँदै खेलाडीलाई अधिकतम सुविधा दिने विषयमा पनि प्रयासरत रहेको उल्लेख गर्नुभयो । रासस