४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण
A monument honoring the late Yoni Netanyahu, the brother of Israeli Prime Minister Benjamin Netanyahu, stands at the old terminal of Entebbe International Airport in Entebbe, Uganda, Saturday, Aug. 1, 2026. (Uganda People's Defence Forces Press Service via AP)
अ+ अ-

काठमाडाैँ । युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक उद्धार अभियानका क्रममा मारिएका इजरायली कमान्डो तथा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका जेठा दाजु लेफ्टिनेन्ट कर्नेल योनातान नेतान्याहुको स्मृतिमा स्मारक अनावरण गरेको छ । यो कदमलाई सैनिक साहस र कर्तव्यनिष्ठाप्रति सम्मान व्यक्त गर्ने प्रयासका रूपमा प्रस्तुत गरिएको छ ।

युगान्डाका सैन्य प्रमुख जनरल मुहोजी कैनेरुगाबाले शनिबार एन्टेबे अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल बाहिर आक्रमणकारी राइफल समातेको योनातान नेतान्याहुको पूर्णकद मूर्तिको अनावरण गर्नुभएको हो । समारोहमा युगान्डाका व्यवसायी बराक ओरल्यान्डसहित इजरायली समुदायका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो । कैनेरुगाबा राष्ट्रपति योवेरी मुसेभेनीका जेठा छोरा तथा सम्भावित उत्तराधिकारी मानिनुहुन्छ ।

स्मारक अनावरणपछि कैनेरुगाबाले योनातान नेतान्याहुको सम्झना केवल एक सैनिकको सम्मानमा सीमित नभई साहस, निर्दोष नागरिकको रक्षा गर्ने अटल प्रतिबद्धता र कर्तव्यप्रतिको समर्पणको प्रतीक भएको बताउनुभयो । सन् १९७६ मा एयर फ्रान्सको एउटा विमान अपहरण गरी एन्टेबे ल्याइएपछि दुई प्यालेस्टिनी र दुई जर्मन अपहरणकर्ताले यहुदी तथा इजरायली यात्रुहरूलाई छुट्याएर इजरायलले प्यालेस्टिनी बन्दीहरूलाई रिहा नगरे उनीहरूलाई हत्या गर्ने धम्की दिएका थिए । त्यसपछि करिब एक सातासम्म वार्ता चले पनि अन्ततः इजरायलले उद्धार अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

जुलाई ३, १९७६ मा इजरायली कमान्डोहरू विमानस्थलमा प्रवेश गरी अधिकांश बन्धकलाई सुरक्षित उद्धार गर्न सफल भएका थिए । उद्धार अभियानका क्रममा क्रसफायरमा तीन बन्धकको मृत्यु भएको थियो भने योनातान नेतान्याहु अभियानमा मारिने एकमात्र इजरायली कमान्डो बन्नुभएको थियो । एक घण्टाभन्दा कम समय चलेको कारबाहीमा दर्जनौँ युगान्डाली सैनिक पनि मारिएका थिए । त्यतिबेला युगान्डामा शासन गरिरहेका इदी अमिनले इजरायलसँग सम्बन्ध विच्छेद गरी प्यालेस्टिनी आन्दोलनलाई समर्थन गर्नुभएको थियो । इजरायलको सफल उद्धार अभियानले अमिनलाई राजनीतिक रूपमा अप्ठ्यारोमा पारेको मानिन्छ ।

त्यसबेला अफ्रिकी एकताको सङ्गठन (हालको अफ्रिकी सङ्घ) ले उक्त कारबाहीलाई युगान्डाको सार्वभौमसत्तामाथिको हस्तक्षेप भन्दै आलोचना गरेको थियो । एन्टेबे उद्धार अभियान इजरायलको सैन्य इतिहासकै सबैभन्दा सफल कारबाहीमध्ये एक मानिन्छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसअघि आफ्ना दाजुको मृत्युले आफ्नै जीवनको दिशा परिवर्तन गरेको बताउनुभएको छ । हाल युगान्डा र इजरायलबीच मैत्रीपूर्ण सम्बन्ध रहेको छ । राष्ट्रपति योवेरी मुसेभेनीले इजरायल–प्यालेस्टाइन द्वन्द्वको समाधानका लागि दुई–राष्ट्र अवधारणालाई समर्थन गर्दै आउनुभएको छ ।