११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार पहिलो घण्टामा १८.६३ अंकले बढ्यो नेप्से



अ+ अ-

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक १८.६३ अंकले बढेर २ हजार ३०५ दशमलव १८ विन्दुमा पुगेको छ । आज २ हजार २९९ दशमलव ३४ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ८२ प्रतिशतले बढेको हो ।  

पहिलो घण्टाको अवधिमा १९७ ओटा कम्पनीको १४ हजार ६४९ पटकको कारोबारमा ३७ लाख १९ हजार ५७१ कित्ता शेयरको रू. १ अर्ब ७७ करोड २५ लाख २४ हजार बराबरको खरीदविक्री भएको छ ।

यस अवधिसम्म नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २७ करोड ४५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ३४५ मा कारोबार भइरहेको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये वित्त र निर्जीवन बीमा समूहको परिसूचक शून्य दशमलव १ र शून्य दशमलव ४८ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।

कारोबारको पहिलो घण्टामा नारायणी विकास बैंक, गुराँस लघुवित्त, कर्पोरेट डेभलपमेण्ट बैंक, आरम्भ चौतारी लघुवित्त, कामना सेवा विकास बैंक, हाइड्रोइलेक्ट्रीसिटी एण्ड इन्भेष्टमेण्ट र प्रभु लाइफको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 




भर्खरै