२ पुष २०८२, बुधबार
,
Latest
फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा मन्त्री घिसिङलाई ज्ञापनपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीको वेष्टवर्मसँग आफ्नै मैदानमा लज्जास्पद हार



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत चेल्सीले वेष्टवर्मसँग पराजय ब्यहोरेको छ । शनिबार साँझ चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा पाहुना टोली वेष्टवर्मले ५-२ गोलसहित चेल्सीलाई पराजित गरेको हो ।

खेलको २७ औ. मिनेटमा चेल्सीले क्रिस्टियन पुलिसिचको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा वेष्टवर्मका म्याथ्युस पेरेइराले २ गोल गर्दै वेष्टवर्मको अग्रता बढाए । यस्तै ६३ औं मिनेटमा वेष्टवर्मका कालुम रोविन्सनले गोल गर्दै अग्रता तेब्बर पारे ।

यस्तै त्यसको ५ मिनेटपछि अर्थात ६८ औं मिनेटमा एम्वाए डाएग्नेले गोल गर्दा वेष्ट वर्म ४-१ ले अघि रह्यो । ७१ औं मिनेटमा चेल्सीका मासन माउन्टले गोल गरेपनि उनको गोलले चेल्सीलाई जित दिलाउन सकेन । खेल सकिनै लाग्दा इन्जुरी समयमा कालुम रोविन्सनले व्यक्तिगत दोस्रो र टिमका लागि ५ औं गोल गरे । 

खेलको २९ औं मिनेटमा चेल्सीका डिफेन्डर टियागो सिल्भाले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सिमित बनेको थियो । तालिकाको चौंथो स्थानमा रहेको चेल्सीको ३० खेलबाट ५१ अंक रहँदा समान खेल खेलेको वेष्टवर्म २१ अंकसहित तालिकाको १९ औं स्थानमा छ ।