२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह नियुक्त



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेतका अब्दुला अल्मुटाइरीलाई नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । 
एन्फाले आइतबार एक कार्यक्रमको आयोजना गरेर अल्मुटाइरीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिने घोषणा गरेको हो ।

काठमाडौंमा सम्पन्न थ्री नेशस्नस कपमा नेपाललाई उपाधि दिलाएका प्रशक्षिक बालगोपाल महर्जनलाई प्रतिस्थापन गर्दै अल्मुटाइरी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो । नेपाले थ्री नेशसन्स कपमा उचालेको उपाधिले नेपाली समर्थक धेरै खुसी दिएजस्तै आगामी दिनमा नेपाली समर्थलाई खुसी दिलाउनका लागि मिहिनेत गर्ने नवनियुक्त प्रशिक्षक अल्मुटाइरीले बताउनुभयो ।

आइतबार नियुक्ती पाउनुभएका ४० वर्षिय अल्मुटाइरीले नेपाली टोलीलाई कम्तीमा एक वर्षका लागि नेपाली टिम हेर्नेछन् । यस समय अवधिमा कम्तीमा विश्वकप छनोट र साफ च्याम्पियनसिपमा नेपाली टिमको नेतृत्व लिनेछन । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले राष्ट्रिय टिमका प्रशिक्षक हुन प्रो–लाइसेन्स अनिवार्य गरेपछि अल्मुटाइरीको नेपाली फुटबलमा प्रवेश भएको हो । नेपाल आउनुभएका अल्मुटाइरीले नेपाली फुटबललाई दक्षिण एसियामा बलियो बनाउन आफूले सक्दो मिहिनेत गर्ने बताउनुभयो ।

कतार फुटबल संघसँगको सहकार्यमा अल्मुटाइरी नेपाल आउनुभएको हो । उहाँको पारिश्रमिक कतारी फुटबल संघले बेहोर्नेछ भने नेपाल बसाइको खर्च एन्फाले गर्नेछ । र्थी नेशन्स कपको उपाधि दिलाउनुभएका प्रशिक्षक बालगोपाल महर्जनलाई एन्फाले प्रो–लाइसेन्सका लागि कतार पठाउने निर्णय गरेको प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।