२० माघ २०८१, आईतवार
,
Latest
पाटेबाघ मृत फेला ‘एआई’ प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र ज्ञान निकेतन, नेरिक र रोज बडलाई इनोभेटिभ कप सानिमा रिलायन्स लाइफको एलिट अचिभर्स नाइट भव्यताका साथ सम्पन्न अर्जुन ट्रफी क्रिकेटः धनगढीको पहिलो जित काउन्सिलद्वारा विभिन्न सञ्चारमाध्यमलाई कारबाही, चारको कारबाही फुकुवा सुदूरपश्चिममा एमालेका पाँच नेता पार्टीबाट निष्कासित नक्कली नोट सहित एक जना पक्राउ ललितपुर महानगरद्वारा १२ फुटबल क्लवलाई प्रोत्साहन पुरस्कार काँग्रेस, एमाले र माओवादीबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु मुलुक बर्बाद पार्ने कार्यमा सहभागि हुनु…
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिम्बाबेविरुद्धको एकदिवसीय शृंखलाका लागि नेपाली टोलीको घोषणा



file
अ+ अ-

काठमाडौं । जिम्बाबे ‘ए’ विरुद्धको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

शुक्रबार मुख्य प्रशिक्षक पुबुदु दासानायकेले एकदिवसीय शृंखलाको लागि सन्दीप लामिछानेको कप्तानीमा टिम घोषणा गरेका हुन् ।

नेपाली टिममा किशोर महतोले ‘डेब्यु’ गर्दा विकेटकिपर ब्याटर विनोद भण्डारी, सुनिल धमला र सुसन भारीले टोलीमा पुनरागमन गरेका छन् ।

नेपालले घरेलु मैदानमा १७ वैशाखदेखि जिम्बाबे ‘ए’ विरुद्ध तीन एकदिवसीय र तीन टी–२० क्रिकेट शृंखला खेल्दैछ ।

नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रको टिमविरुद्ध घरेलु मैदानमा शृंखला खेल्न लागेको हो ।